महायज्ञमा तीन करोडभन्दा बढी सङ्कलन
बिहीबार, ०५ फागुन २०७३, १० : १४
पोखरा - कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेवको मूर्ति निर्माणका लागि मङ्गलबारदेखि सुरु भएको महायज्ञमा उत्साहजनक सहयोग सङ्कलन हुन थालेको छ ।
महायज्ञको दोस्रो दिन बुधबारसम्म तीन करोडभन्दा बढी सहयोग सङ्कलन भइसकेको महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिए । उनका अनुसार प्रसिद्ध उद्योगपति मुरलीधर रुङ्गटाले ५० लाख नगद सहयोग गरेका छन् ।
समाजसेवी दाताद्वय कलावती बराल र राधिका बरालका छोराहरू वासुदेव बराल, चन्द्रकान्त बराल, युवराज बराल, टीकाराम बराल, निर्मलराज बराल र मात्रिकाप्रसाद बरालबाट ७५ लाख बराबरको नगद तथा भूमिदान प्रदान गरिएको छ ।
राजेशबाबु श्रेष्ठले आफना बुबा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा रु २५ लाख, दुर्गादत्त बरालले २५ लाख बराबरको भूमिदान गरेका छन् ।
त्यस्तै, खेमराज पौडेल, इन्द्रराज पौडल, भुवन पौडेल, शिवकुमार पौडेल र रामप्रसाद पौडेलले संयुक्तरुपमा तीन रोपनी पाँच आना क्षेत्रफलको जग्गा दान गरेको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष मात्रिका बरालले जानकारी दिए ।
महायज्ञ आगामी फागुन १३ गतेसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण