सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

महायज्ञमा तीन करोडभन्दा बढी सङ्कलन

बिहीबार, ०५ फागुन २०७३, १० : १४
बिहीबार, ०५ फागुन २०७३
पोखरा - कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेवको मूर्ति निर्माणका लागि मङ्गलबारदेखि सुरु भएको महायज्ञमा उत्साहजनक सहयोग सङ्कलन हुन थालेको छ । महायज्ञको दोस्रो दिन बुधबारसम्म तीन करोडभन्दा बढी सहयोग सङ्कलन भइसकेको महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिए । उनका अनुसार प्रसिद्ध उद्योगपति मुरलीधर रुङ्गटाले ५० लाख नगद सहयोग गरेका छन् । समाजसेवी दाताद्वय कलावती बराल र राधिका बरालका छोराहरू वासुदेव बराल, चन्द्रकान्त बराल, युवराज बराल, टीकाराम बराल, निर्मलराज बराल र मात्रिकाप्रसाद बरालबाट ७५ लाख बराबरको नगद तथा भूमिदान प्रदान गरिएको छ । राजेशबाबु श्रेष्ठले आफना बुबा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा रु २५ लाख, दुर्गादत्त बरालले २५ लाख बराबरको भूमिदान गरेका छन् । त्यस्तै, खेमराज पौडेल, इन्द्रराज पौडल, भुवन पौडेल, शिवकुमार पौडेल र रामप्रसाद पौडेलले संयुक्तरुपमा तीन रोपनी पाँच आना क्षेत्रफलको जग्गा दान गरेको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष मात्रिका बरालले जानकारी दिए । महायज्ञ आगामी फागुन १३ गतेसम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप