‘सानो फेवाताल’को संरक्षण कहिले ?
बिहीबार, ०५ फागुन २०७३, १० : ३०
म्याग्दी - प्रचारप्रसार र भौतिक पूर्वाधारको कमीका कारण ‘सानो फेवाताल’को नामले चिनिने म्याग्दीको बरङ्जा गाविसस्थित दह ताल ओझेलमा परेको छ ।
निकै आकर्षक र मनमोहक भएपनि प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभावमा यो ताल ओझेलमा परेको स्थानीय बासिन्दाले बताएका छन् । धार्मिक तथा पर्यटकीय महत्वको दह ताल करिब पाँचसय वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।
नीलो रङ्गको तालको बीचमा अवस्थित बराह मन्दिर यहाँको विशेष आकर्षण रहेको स्थानीय युवा प्रकाश सापकोटाले बताए । त्यस क्षेत्रका बासिन्दाले यो ताललाई सानो फेवाताल भनेर चिन्छन् । ताल र बराहथानको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । प्रत्येक वर्षको बालाचतुर्दशीका दिन तालमा भक्तजनको निकै भीड लाग्ने भएपनि अन्य समयमा सुनसान हुने गर्छ ।
भौतिक पूर्वाधारको निर्माण गरी जिल्ला र राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकेमा गाउँको सिरानमा अवस्थित यो ताल धार्मिक पर्यटकीयस्थल बन्नसक्ने स्थानीय बासिन्दा बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण