५२ वर्षीय सलमानले पाए केटी, गरे सार्वजनिक
मुम्बई –५२ वर्षीय सलमान खानले केटी पाएका छन् ।
उनले एक ट्वीट गर्दै आफ्ना लागि केटी मिलेको सार्वजनिक गरेका हुन् । मंगलबार सलमानले सार्वजनिक गरेको यो ट्वीटले धेरैको होस उडाएको छ ।
सलमानको ट्वीटले धेरैको मनमा खुल्दुली समेत पैदा गर्यो । आखिर सलमानले पाएको केटी को ? सबैको खुल्दुली मेटाउदै सलमानले फेरी दोस्रो ट्वीट गरे । जसमा उनले आफुले पाएको केटीको डिटेल समेत सार्वजनिक गरेका छन् ।
सलमानले दोस्रो ट्वीटमा केटीको नाम समेत सार्वजनिक गर्दै लेखेका छन् ‘चिन्ता गर्ने कुनै कुरो छैन । आयुष शर्माको चलचित्र ‘लवरात्री’का लागि केटी मिलेको छ । ति हुन् वरीना ।
आयुष शर्मा सलमानकी सानी बैनी अर्पिता खानका श्रीमान् हुन् । सलमान उनलाई अभिनेताको रुपमा चलचित्र क्षेत्रमा प्रस्तुत गर्दैछन् । यो उनको प्रोडक्सनको छैटो चलचित्र हो ।
सलमानले यस अगाडि ‘डां कैबी’, ‘बजरगी भाइजान’, ‘हीरो’ र ‘ट्ुबलाइट’ निर्माण गरेका छन् । उनको पाँचौ चलचित्र ‘रेस ३’को अहिले सुटिङ भइरहेको छ ।
को हुन् वरीना ?
वरीनाको पुरा नाम वरीना हुसैन हो । उनले न्युयोर्क फिल्म एकेडेमीबाट अध्यायन पुरा गरेकी छन् । उनी क्याडवरी सिक्लको बिज्ञापनमा समेत देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण