सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सूचना तथा प्रविधिको विकासमा निजी क्षेत्रसँग सहकार्य सरकार तयार’ – सञ्चार सचिव

बिहीबार, ०५ फागुन २०७३, १७ : ४०
बिहीबार, ०५ फागुन २०७३
पोखरा – सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सूचना तथा प्रविधिको विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकर तयार रहेको बताएका छन् । कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल पोखराको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ कास्कीको सहयोगमा आजदेखि पोखराको प्रदर्शनी केन्द्रमा सुरु भएको चारदिने आठौँ सूचना तथा प्रविधि मेला तथा मोबाइल एक्स्पोको उद्घाटन गर्दै उनले सर्वसाधारण नेपाली जनतामा सूचनाको पहुँच पु¥याउन सूचना तथा प्रविधिको क्षेत्रमा धेरै काम सुरु गरिएको जानकारी गराए। प्रदेश नं ४ को सदरमुकाम पोखरालाई सूचना तथा प्रविधिको केन्द्रविन्दु बनाउनुपर्नेमा जोड दिँदै उनले मेलाबाट यस क्षेत्रका जनताको आर्थिक र सामाजिक विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । उनले सबै राजमार्गमा अप्टिकल फाइबरको विस्तार, मोबाइल बैंकिङ लगायतका सेवाबाट देशका कुनाकाप्चामा बस्ने सबै नेपालीले सहज तरिकाले सूचना तथा प्रविधिको प्रयोग गर्न पाउने बताए । महासङ्घका केन्द्रीय अध्यक्ष विनोद ढकालले सूचना तथा प्रविधि र सञ्चारलाई प्राथमिकता दिएर सबैलाई एकै ठाउँमा राखेर विकास गरिनुपर्ने बताए। महासङ्घ कास्कीका अध्यक्ष चिन्तामणि बाँस्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा क्षेत्रीय सिँचाइ निर्देशनालयका निर्देशक शिशिर कोइराला, महासङ्घका पूर्व अध्यक्ष चण्डीप्रसाद ढकाललगायतका वक्ताले मेलाको महत्वमाथि प्रकाश पारे। सूचना प्रविधि तथा सञ्चार क्षेत्रका नेपालमा भित्रिएका नवीनतम प्रविधिहरुका बारेमा जानकारी गराई सूचना तथा प्रविधिको विकासमा योगदान पु¥याउने उद्देश्यले आयोजित मेला यही फागुन ८ गतेसम्म चल्ने छ । मोबाइल मेलामा २५ ब्रान्डका मोबाइल बिक्रीका लागि राखिने र बिक्री गरिने मोबाइलमा पाँचदेखि ५० प्रतिशत छुट दिइने बताइएको छ । मेलाका लागि १२५ वटा कक्ष राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप