अखिल क्रान्तिकारी अछामद्धारा अछामका ७ वटै क्याम्पसमा उम्मेद्धार घोषणा
बिहीबार, ०५ फागुन २०७३, १९ : २१
अछाम – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जिल्ला कमिटी अछामले आसन्न स्ववियू निर्वाचनका लागि अछामका सातवटै क्याम्पसमा सभापतिका उम्मेद्धार घोषणा गरेको छ ।
आज बसेको उक्त बैठकमा पार्टीका जिल्ला संयोजक झपट साउदको बिशेष उपस्थितीमा स्ववियू सभापतिका उम्मेदार घोषणा गरेको हो ।
जनता बहुमुखी क्याम्पस बयालपाटामा संगठनका केन्द्रिय सदस्य बैजन्ती कुवर, पन्चदेवल क्याम्पस बिनायकमा केन्द्रिय सदस्य नितेश रिमाल, अछाम बहुमुखी क्याम्पस मंगलसेनमा जिल्ला सचिवालय सदस्य लाल बहादुर साउद, त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटमा जिल्ला सदस्य पंन्कज साउद छनोट घोषणा भएका छन् । त्यस्तै, जनशिखा क्याम्पस मेल्लेखमा पनि जिल्ला सदस्य मनिज साउद, कैलास क्याम्पस कालागाँउमा निरक भण्डारी र कमलबजार क्याम्पसमा जिल्ला सचिवालय सदस्य बम बहादुर खडकालाई उम्मेद्धार घोषणा गरिएको संगठनले जनाएको छ ।
यस्तै कार्यलय बैठकले सबै क्याम्पसमा स्ववियू चुनाव जित्नका लागि केन्द्रिय सदस्य तथा जिल्ला पदाधिकारीलाई क्याम्पस कमाण्डरको जिम्मेवारी सहित खटाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण