नेपाल व्यवस्थापन सङ्घको सभापतिमा भट्ट चयन
बिहीबार, ०५ फागुन २०७३, २० : ५०
काठमाडौँ – नेपाल व्यवस्थापन सङ्घको १८औँ प्रबन्ध समितिका पदाधिकारीको निर्वाचनबाट सुशील भट्ट सभापतिमा निर्वाचित भएका छन् ।
राजधानीमा सम्पन्न निर्वाचनमा राजेन्द्र पण्डित प्रथम उपसभापति, धु्रव भट्टराई द्वितीय उपसभापति, मोहनराज ओझा महासचिव र दिलीपराज पौडेल कोषाध्यक्षमा निर्वाचित भएका सङ्घका कार्यकारी निर्देशक काजीबहादुर दाहालले जानकारी दिए ।
यसअघि भएको निर्वाचनमा सदस्यमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै किरणकुमार श्रेष्ठ, सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडबाट अजयकुमार मिश्र, नेपाल राष्ट्र बैंकबाट राजेन्द्र पण्डित, नागरिक लगानी कोषबाट रामकृष्ण पोखरेल, नेपाल टेलिकमबाट प्रदीपराज उपाध्याय र कर्मचारी सञ्चय कोषबाट ध्रुव भट्टराई विजयी भएका छन्।
त्यस्तै आजीवन तथा साधारण सदस्यको प्रतिनिधित्व गर्दै डा सुशीलकुमार पन्त, डा विनोद आत्रेय, इन्जिनियर सुशील भट्ट, जनिशा भट्टराई, प्राडा फत्तबहादुर केसी, सुशीलकुमार अर्याल, प्राडा विष्णु खनाल, डा राजन थापा, दिलीपराज पौडेल, प्राडा सतीशकुमार ओझा,र मोहनराज ओझा निर्वाचित हुनु भएको सङ्घले जनाएको छ ।
प्रथम चरणको निर्वाचनबाट निर्वाचित सदस्यमध्येबाट दोस्रो चरणको निर्वाचन भई सङ्घका पदाधिकारीको चयन भएको हो । ३७ वर्षको लामो इतिहास बोकेको नेपालको एकमात्र व्यवस्थापकको छाता सङ्गठन सङ्घको हालसम्म स्व नन्दलाल जोशी, अजितनारायण सिंह थापा, मधुकर शमशेर जबरा, पद्मलाल श्रेष्ठ, डा विमलप्रसाद कोइराला, डा निर्मलकुमार विष्ट, स्व चित्रदेव भट्ट, डा युवराज खतिवडा, डा आरजु राणा देउवा, रामेश्वरप्रसाद खनाल, जनकराज शाह र डा सोमप्रसाद पुडासैनीले नेतृत्व सम्हालिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण