सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘नेपाल भारतको रिलेसन युनिक’ – गृहमन्त्री निधि

बिहीबार, ०५ फागुन २०७३, २१ : ३१
बिहीबार, ०५ फागुन २०७३
जनकपुर– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल भारतको सम्बन्ध सदियौँदेखि मजबुत रहेकोले ‘यूनिक रिलेसन’ भएको बताए । बिहिबार जनकपुरमा जागृत नेपालको आयोजनामा दुई दिवसीय नेपाल र भारत बिचको सम्बन्धको विषयमा चर्चा परिचर्चा कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री निधिले यस्तो बताएका हुन् । नेपाल–भारत सम्बन्धको बारे चर्चा गर्दै भारत स्वतन्त्रताको बेलामा नेपालका नेताहरु पनि सहभगी भई आन्दोलन गरेका थिए र त्यसरी नै नेपाली राजनीतिक आन्दोलनमा पनि भारतले विभिन्न कालखण्डमा साथ र सहयोग गर्दै आएको बताए । उनले नेपालको नयाँ लोकतन्त्र रहेको र भारतको पुरानो लोकतान्त्रिक अभ्यास रहेतापनि भारतमा पनि अनेकन समस्याहरु रहेको तर्फ समेत ईंगित गरे । नेपालमा नयाँ लोकतन्त्रको अभ्यासको सुरुवात भएकोले समस्याहरु देखिएको उनले बताए । नेपालको लोकतन्त्रमा राजनीतिक प्रणाली सुदृढ बनाउनका लागि अग्रसर रहेको समेत उनले बताए । नेपाल र भारत दुवै देश सार्वभौमसत्ता सम्पन्न रहेको भन्दै एक अर्काको साथ र सहयोगको अपेक्षा एक अर्कालाई हुनु पनि स्वभाविक नै रहेको उनको तर्क थियो । त्यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल भारतको सम्बन्धको बारेमा पहिलाको अपेक्षामा अहिलेको सम्बन्ध खुकुलोपना रहेको प्रति असनतुष्टी व्यक्त गरे । यादबले भने ‘नेपाल–भारतको सम्बन्ध राम्रो छैन, बरु भारत र नेपाल शासक वीचको सम्बन्ध राम्रो रहेको छ ।’ उनले नेपाल र भारत वीच पर्ने सीमानाका जनतालाई भारतमा सरहदीया र नेपालमा पनि त्यस्तै सरहदीया वा बोर्डर छेउको भनेर हेलाँ गर्ने गरेको बताए । भारत सम्बन्ध र सीमावर्ती क्षेत्रका जनताको समस्या समाधान तर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले नेपालमा अझै पनि आन्तरिक औपनिवेषिक रहेको र शासक वर्गले अपमानपुर्ण विभेद गर्ने गरेको भन्दै आक्रोश व्यक्त समेत गरे । त्यस्तै, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले दुई सयवर्ष पूर्वदेखि नै नेपाल–भारतको सम्बन्ध निर्धारित रहेको बताए । उनले हजारौ वर्षदेखि दुई वीचको सीमा क्षेत्रका जनताहरु एक अर्कासंगको नासो रहेको र एक अर्कासंग मिलेर बसोबास गर्ने गरेको बताए । उनले नेपाल–भारतको प्रसंगलाई कोट्याउदैँ भने नेपालमा अझैपनि मधेश आन्दोलन लगायत विभिन्न आन्दोलन जारी रहेकोले नेपाल र भारत सरकार वीच चिसापना आउने गरेको देखियो । विशेषगरी मधेश आन्दोलनको बेलामा नेपाली शासकवर्गले जहिल्यैपनि भारतीयले गरेको आन्दोलन भनेर राज्यपक्षले राष्ट्रयता खल्बलाउने गरेको र तथाकथित राष्ट्रियताको कुरा झिकेर विखण्डन मानसिकताले सरकार र शासकवर्ग विचलित रहेको आरोप लगाए । त्यसैगरी, नेपाल भारत सम्बन्ध र सीमावर्ती क्षेत्रको विषयमा भएको संवाद कार्यक्रममा नेपालको लागि भारतीय राजदूत रञ्जित रेले नेपाल भारतको सम्बन्धलाई अझ सुदृढ कसरी गर्न सकिन्छबारे बहस गर्न आवश्यक रहेको बताए । उनले नेपाल भारतको सीमानाका खुल्ला रहेको कारणले गर्दा विविध चुनौती र समस्याहरु आईरहेको हुनाले सीमा क्षेत्रमा बसोबास गर्ने जनतालाई कुनै प्रकारले समस्या नपरोस् यस तर्फ ध्यान दिदैँ दुवै सीमावर्ती क्षेत्रमा रहेको सुरक्षाकर्मीले पनि कुनैपनि किसिमले खेलाची र भ्रष्टाचार नगरोस् भन्ने आकांक्षा व्यक्त गरे । त्यस्तै पूर्व भारतीय राजदुत शिवशंकर मुखर्जीले नेपालको विकासको लागि स्थायीत्व सरकारको आवश्यक रहेको बताए । उनले नेपाल नयाँ लोकतान्त्रिक मुलुक बनेतापनि यसमा रहेको मधेश अझैपनि पुरानै रहा्ेस् भन्ने मानसिकताका केहि व्यक्तिहरु लागिपरेकोले नयाँ नेपाल भित्र नयाँ मधेशको लागि आन्दोलन भएको धारणा राखे । जागृत नेपालको कार्यकारी निर्देशक विजयकान्त कर्णको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता अमरेश सिंहले सिमावर्ती क्षेत्रका जनताको समस्या दुवै तर्फबाट पिडित भएको बताए । सीमा क्षेत्रका पिडित जनता प्रति ध्यान पुर्याउन आवश्यक रहेको नेता सिँहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप