गुल्मीमा सिद्धार्थ डेपलप्मेण्टको कारोवार सुरु
शुक्रबार, ०६ फागुन २०७३, १९ : ३३
गुल्मी – गुल्मीको तम्घासमा आजदेखि सिद्धार्थ डेवलप्मेण्ट बैंकले आफ्नो कारोवार सुरु गरेको छ । नेपाल सरकारको लगानी रहेको र देशकै दोश्रो पुरानो बैंकका रुमा रहेको बैंकले भव्य समारोहका विच तम्घासको मिलन चोकमा उद्घाटन गरी कारोवार सुरु गरेको हो ।
शिद्धार्थ बैंकको गुल्मीका वयोबृद्ध नागरिक तिलकराम भण्डारीबाट उद्घाटन गराईएको थियो भने एटिएम शाईन रेसुङ्गा डेपलप्मेण्टका अध्यक्ष राजेन्द्रपसाद श्रेष्ठ र गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेद्धारा उद्घाटन गराईएको थियो ।
उद्घाटन सत्रलाई सम्वोधन गर्दै उक्त बैंक सञ्चालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले ग्रामिण भेगसम्मका सर्वसाधरणहरुलाई सहज बैंककिङ्ग सुविधा पुर्याउनका लागि गुल्मीमा शिद्धार्थ बैंकको ३५ औं शाखाका रुपमा स्थापना गरिएको बताए ।
उनले शहर वजारका मात्र जग्गा धितो राखेर बैंकहरुले ऋण उपलव्ध गराउँदै आएकोमा अव शिद्धार्थ बैंकले गाउँका कृषक र विपन्न वर्गका जमिनहरु प्नि धितोमा राखेर ऋण उपलव्ध गराउने र त्यसबाट उनिहरुको आर्थिक अवस्थामा परिवर्तन ल्याउने मुख्य उद्देश्य रहेको बताए ।
शिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले वुटवलबाट सुरु गरिएको शिद्धार्थ विकास बैंक आज अधिराज्यभर विस्तार भएको, नेपाल सरकारको लगानी रहेको र नेपालको दोश्रो पुरानो विकास बैंक भएकोले ढुक्क भएर कारोवार गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण