सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुल्मीमा सिद्धार्थ डेपलप्मेण्टको कारोवार सुरु

शुक्रबार, ०६ फागुन २०७३, १९ : ३३
शुक्रबार, ०६ फागुन २०७३
गुल्मी – गुल्मीको तम्घासमा आजदेखि सिद्धार्थ डेवलप्मेण्ट बैंकले आफ्नो कारोवार सुरु गरेको छ । नेपाल सरकारको लगानी रहेको र देशकै दोश्रो पुरानो बैंकका रुमा रहेको बैंकले भव्य समारोहका विच तम्घासको मिलन चोकमा उद्घाटन गरी कारोवार सुरु गरेको हो । शिद्धार्थ बैंकको गुल्मीका वयोबृद्ध नागरिक तिलकराम भण्डारीबाट उद्घाटन गराईएको थियो भने एटिएम शाईन रेसुङ्गा डेपलप्मेण्टका अध्यक्ष राजेन्द्रपसाद श्रेष्ठ र गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेद्धारा उद्घाटन गराईएको थियो । उद्घाटन सत्रलाई सम्वोधन गर्दै उक्त बैंक सञ्चालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले ग्रामिण भेगसम्मका सर्वसाधरणहरुलाई सहज बैंककिङ्ग सुविधा पुर्याउनका लागि गुल्मीमा शिद्धार्थ बैंकको ३५ औं शाखाका रुपमा स्थापना गरिएको बताए । उनले शहर वजारका मात्र जग्गा धितो राखेर बैंकहरुले ऋण उपलव्ध गराउँदै आएकोमा अव शिद्धार्थ बैंकले गाउँका कृषक र विपन्न वर्गका जमिनहरु प्नि धितोमा राखेर ऋण उपलव्ध गराउने र त्यसबाट उनिहरुको आर्थिक अवस्थामा परिवर्तन ल्याउने मुख्य उद्देश्य रहेको बताए । शिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले वुटवलबाट सुरु गरिएको शिद्धार्थ विकास बैंक आज अधिराज्यभर विस्तार भएको, नेपाल सरकारको लगानी रहेको र नेपालको दोश्रो पुरानो विकास बैंक भएकोले ढुक्क भएर कारोवार गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप