विधिको शासनले मात्र शान्ति र स्थायित्व : न्यायाधीश पराजुली
शुक्रबार, ०६ फागुन २०७३, १९ : ५१
त्रिशूली (नुवाकोट) – सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले विधिको शासनका लागि बार एसोसियसनको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
आज विदुरमा नुवाकोट जिल्ला अदालत बार एसोसिएसनको भवन शिलान्यास गर्दै वरिष्ठतम् न्यायाधीश पराजुलीले विधिको शासनले मात्रै मुलुकमा शान्ति, स्थायित्व र दिगोपन सिर्जना हुने बताएका हुन् ।
कानुन व्यवसायीले संविधानको परिपालनाका लागि समुदायमा सचेतना जगाउनु पर्ने कुरामा उनले जोड गरे ।
कार्यक्रममा जिल्ला अदालत नुवाकोटका न्यायाधीश लोकजङ्ग शाहले न्याय सम्पादनको पहिलो खुड्किलाका रुपमा रहेका कानुन व्यवसायीको भवन निर्माणले संस्थागत विकास हुने बताए।
त्यस्तै,नुवाकोट बार एसोसियसनका अध्यक्ष देवराज कँडेलले संरचना निर्माण कार्यलाई तदारुक्ताका साथ निर्माण सम्पन्न गरेमा सबै कानुन व्यवसायीलाई सेवा प्रवाहमा सहज हुने बताए ।
कार्यक्रममा नुवाकोटका राजनीतिक दलले आफूले सक्ने आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण