पशुपतिनाथ क्षेत्रमा एक महिने लामो व्यापार मेला शुरु
शुक्रबार, ०६ फागुन २०७३, २० : १०
काठमाडौँ – हिन्दु धर्मालम्बीहरुको महान पर्ब शिबरात्रीको उपलक्ष्यमा पशुपति क्षेत्रमा दैनिक आउने लाखौ भक्तजनहरु लाई लक्षित गरेर औधोगिक शान्ति नेपाल सँस्थाले एक महिने लामो मेला शुरु गरेको छ ।
शिब भगवानलाइ दर्शन गर्न र पाठ पुजा गर्न पशुपति क्षेत्रमा भिड लाग्ने गर्छन्, तथा यो अबसरमा पशुपति क्षेत्रमा घुमफिर गर्नदेखि मेला भर्न आउनेहरुको पनि उत्तिकै भिड जम्मा हुन्छ, यसै अबसरलाई पारेर उक्त सँस्थाले महिना दिन लामो ब्यापार मेला आयोजना गरेको जनाएको छ ।
बनकाली मन्दिर अगाडीको खुला चौरमा सुरु गरिएको उक्त मेलाको प्रमुख आकर्षण भनेको बाबा अमरनाथ तथा बद्रीनाथ गुफा हो जहा दैनिक हजारौको संख्यामा दर्शनारार्थीको भिड जम्मा हुन्छ,त्यस्तै, यसको अबलोकन गरि बाबा अमरनाथ तथा मा बैष्णुदेबी दर्शन पनि गर्छन ।
काठमाडौँ भन्दा हजारौ माईल टाडा रहेको तथा दर्शन गर्न जादा महिनौ लाग्ने हिन्दु धर्मालम्बीहरुको पबित्र तिर्थ स्थल बाबा अमरनाथ तथा बद्रीनाथको मन्दिरको स्वरुप पशुपतिनाथ परिसरमा नै पाउदा भक्तालु दर्शनार्थीहरु पनि खुशी हुने आयोजक को दावी छ । मेलाको मुख्य आकर्षण रहेको उक्त मन्दिरमा जान प्रवेश शुल्क रु ५० लाग्नेछ,तर मेलामा जान भने प्रवेश शुल्क निशुल्क रहेको जानकारी ब्यबस्थापन समितिले गराएको छ
नेपाल सरकारका सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रि इन्द्र बानियाले पुजा गरेर बिधिबत रुपमा उद्घाटन गरिएको यस बाबा अमरनाथ तथा बद्रीनाथको मन्दिर एक महिना सम्म दर्शालु भक्तजनहरुको लागि खुल्ला रहने जनाइएको छ ।
मेलामा ३ सय भन्दा बढि स्टलहरु रहने र जसमा सम्पूर्ण दैनिक उपभोग्यका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने जानकारी आयोजक सस्थाले जनाएको छ
विभिन्न मनोरञ्जनपूर्ण बनाइने मेलामा बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले बताए । साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलार्इ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदाय तथा शिब रात्रीमा आएका सम्पूर्ण भक्तजनहरुलार्इ अधक्ष्य महतले आव्हान पनि गरे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण