हिम इलेक्ट्रोनिक्स्को ‘ग्यालेन्ज’ एसि बजारमा
शुक्रबार, ०६ फागुन २०७३, २२ : २४
काठमाडौं –हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले एयर कन्डिस्नरको नयाँ मोडल “ग्यालेन्ज” बजारमा ल्याएको छ । ग्यालेन्ज एसि प्रभावशाली हुनुका साथै यसमा सुपर कुलिङ, एयर क्लिनिङ तथा एनर्जि सेभिङ जस्ता विशेषता छन् । ग्यालेन्ज एसिमा प्रयोग हुने जापानी कम्प्रेसरले थोरै विद्युत खपत गरी ध्वनी पनि कम राख्दछ ।
हालै यसका चार मोडलहरु बजारमा ल्याइएका छन्। यी एसिहरु १२ महिने वारेन्टीका साथ उपलब्ध छन्।
सेप्टेम्बर २८, १९७८ मा स्थापना भएको ग्योलेन्ज ग्रुप एक विश्वस्तरीय विद्युतीय सामाग्री ब्राण्ड हो । ग्यालेन्ज सधैँ विकास रणनीतिका लागि परिश्रम र परिवर्तनमा जोर दिँदै अर्थनीतिमा ध्यान पु¥याई घरायसी विद्युतीय सामाग्री उत्पादनमा केन्द्रित छ ।
१९८८ मा स्थापना भएको हिम इलेक्ट्रोनिक्स प्रा.लि. गोल्छा सङ्गठनको एक महत्वपूर्ण अंग हो। उपभोत्तामाझ एक विश्वासिलो नामको रुपमा रहन सफल हिम इलेक्ट्रोनिक्स सामसङ, हिमस्टार, बजाज इलेक्ट्रोनिक्स, टाइमेक्स, अहुजा, ओस्राम र हालै ग्यालेन्जजस्ता उत्पादनको आधिकारिक वितरक पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण