बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बिर्सेर पनि दोस्रो पटक तताउन नहुने यी ८ खानेकुरा

शनिबार, ०७ फागुन २०७३, १९ : ३७
शनिबार, ०७ फागुन २०७३

  एजेन्सी-साधारणतया खानालाई तताएर नै खाने चलन छ । तर यस्ता थुप्रै खाना छन् जसलाई दोस्रो पटक तताएर खानुहुँदैन । यसो गर्दा स्वास्थ्यमा नकारात्मक असर पुग्ने गर्दछ ।
विशेषज्ञको भनाई अनुसार एकैपटक खान सक्ने गरी मात्र खाना बनाउन उपयुक्त हुन्छ । क्यान्सर स्पेशलिष्ट डा. एन. गणेशका अनुसार केही खानालाई दोस्रो पटक तताएर खाँदा क्यान्सरजस्तो घातक समस्या पैदा हुन सक्छ । भातः भात पकाउँदा बेसिलस सेरियम ब्याक्टेरिया पैदा हुने गर्दछ । के हुन्छ ? भातलाई दोस्रो पटक तताउँदा  यसमा हुने ब्याक्टेरियाको संख्या दुई गुणा बढ्ने गर्दछ जसका कारण झाडा लाग्नसक्छ । आलूः आलू उसिनेर चिसो हुने क्रममा यसमा बोटुलिज्म ब्याक्टेरिया जम्मा हुन थाल्छ । के हुन्छ? दोस्रो पटक तताएर खाँदा उक्त ब्याक्टेरियाको संख्या बढ्छ जसले फुड प्वाइजनिङ हुनसक्छ । चियाः यसमा टोनिक एसिड हुन्छ जसले शरिरमा टक्सिन बन्न थाल्छ । के हुन्छ ? दोस्रो पटक तताएर पिउँदो एसिडको मात्रा बढ्छ जसले कलेजोमा समस्या निम्त्याउन सक्छ । पालुङ्गोः यसमा नाइट्रेट्सको मात्रा अत्यधिक हुन्छ । के हुन्छ ? दोस्रो पटक तताएर खाँदा नाइट्रेट कार्सिनोजेनिकमा परिवर्तन हुन्छ जसले टक्सिन पैदा गर्दछ । खाने तेलः यसमा एल्डिहाइड्स हुन्छ । के हुन्छ ? दोस्रो पटक तताउँदा तेलमा टक्सिन पैदा हुन्छ जसले क्यान्सरको सम्भावना बढ्ने गर्दछ । चिकनः यसमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । के हुन्छ ? यसलाई दोस्रोपटक तताउँदा प्रोटिनको संरचनामा परिवर्तन आउँछ जसले पाचनमा समस्या निम्त्याउँछ । अण्डाः यसमा प्रोटिन र एन्टिअक्सिडेन्ट अत्यधिक हुन्छ । के हुन्छ ? दोस्रो पटक तताएर खाँदा टक्सिन पैदा हुने गर्दछ जसले पाचन क्रियामा गडबडी निम्त्याउँछ । च्याउः यसमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । के हुन्छ ? दोस्रोपटक तताएर खाँदा प्रोटिनको संरचनामा परिवर्तन आउने गर्दछ । यो खाँदा पाचन क्रियामा गडबडी निम्तिने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप