बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

लसुनकाबारेका १० तथ्य

शुक्रबार, २७ फागुन २०७३, २० : ३२
शुक्रबार, २७ फागुन २०७३

मानिसहरुले ७ हजार वर्षदेखी लसुनको प्रयोग गर्दै आएका छन् । युरोपमा लसुन सेवन गर्नेलाई आत्मा र भ्याम्पायरले दु:ख नदिने विश्वास छ । तपाईलाई आश्चर्य लाग्ने लसुनबारेका १० तथ्य यस्ता छन् । १. युरोपमा लसुनलाई सेतो चमत्कारको संकेतका रुपमा लिइन्छ । सेन्ट्रल युरोपका केही प्रसिद्ध व्यक्तिहरुले लसुनले आत्मा र भ्याम्पायरसँग लड्ने शक्तीले बताएका थिए । २. इस्लाम धर्ममा भने मस्जिद जानुअघि लसुन खान मिल्दैन । यसको गन्ध नमिठो हुने भएका कारण यस्तो प्रतिबन्ध लगाइएको हो । धेरै हिन्दू पनि खराब गन्धकै कारण लसुन सेवन गर्दैनन् । केही संख्यामा जैन र केही संख्यामा बुद्ध धर्मालम्बीले समेत यसको प्रयोग गर्दैनन् । ३. लसुनबाट सिर्जना हुने डरलाई चिकित्सकिय भाषामा अलिउमफोबिया भनिन्छ । ४. लसुनलाई डढाँएर लामखुट्टेसँगै अन्य विभिन्न किरा तथा झिंगाहरु भगाउन सकिन्छ । पानीमा लसुनलाई मिसाएर विभिन्न किटाणू नस्ट गर्न समेत प्रयोग गर्न सकिन्छ । ५. लसुनमा १७ वटा एमिनो एशिड हुन्छन् । मानिसको शरिरका प्राय सबै अङ्गमा यसको प्रवाह हुन्छ । ६. तपाईलाई चिनिँया खानामा किन यति धेरै लसुनको प्रयोग हुन्छ भन्ने लागको हुनसक्छ ? विश्वको ६६ प्रतिशत लसुन चीनमा उत्पादन हुन्छ । ७. लसुनले कोलेस्टेरोल बढाउँछ । त्यस्तै चिसो र रुघाखोकीसँग लड्न भूमिका खेल्छ र मानिसलाई स्वस्थ राख्छ ८. लसुनको गन्धलाई हातबाट हटाउनका लागि हातलाई चिसो पानी राखेर स्टिलको भाडाँेमा रगेड्नुपर्छ । ९. अप्रिल १९ लाई लसुन दिवसका रुपमा मनाउने गरिन्छ । १०. लसुनको खिर भारतमा निकै प्रख्यात छ । दुध, चिनी, पानी आदि मिसाएर यस्तो खिर तयार पारिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप