प्रत्येक दिन पुरुषले गर्ने ८ गल्ती, यसरी बच्नुहोस्
एजेन्सी
बैशाख ७ – स्टाइल र फेसनसँग जोडिएका यस्ता थुप्रै गल्तीहरु छन् जो धेरैजसो पुरुष दैनिक गर्ने गर्दछन् । तपाईंले के लगाइरहनुभएको छ र कसरी लगाइरहनुभएको छ, त्यो निकै महत्वपूर्ण हुन्छ । थुप्रै पटक तपाईंको स–साना गल्तीले तपाईंको छाप नराम्रो पर्नसक्छ । आज यहाँ यस्तै गल्तीबारे जानकारी दिइएको छ । यी गल्तीलाई भावी दिनमा नदोहोराएर तपाईं यस्ता गल्ती गर्नबाट बच्न सक्नुहुन्छ ।
कपडा र जुत्ता एउटै रङको लगाउनुः
जतिबेला तपाईं बाहिर जानका लागि तयार हुनुहुन्छ, त्यतिबेला आफूले लगाउने पहिरनको रङलाई धेरै मिलाउन नखोज्नुहोस् । रातो शर्टसँग रातो जुत्ता र पहेंलोसँग पहेंलै जुत्ता लगाउँदा त्यो गल्ती हुनजान्छ । कपडालाई हल्का फुल्का मात्रै म्याच गर्नुहोस् । ठ्याक्कै मिल्ने रङ लगाउनबाट बच्नुहोस् ।
एकैपटक धेरै कलर ब्लकिङ नगर्नुहोस्ः
एकपटकमा एउटै चम्किलो रङ भएको लुगाको प्रयोग गर्ने कोसिस गर्नुहोस् । धेरै कलर ब्लकिंग गर्दा तपाईंको लुक किल हुनसक्छ । कलर ब्लकिंग यस्तो तरिका हो जसमा तपाईं दुई÷तीनवटा चम्किलो रङलाई एकैपटक लगाउन सक्नुहुन्छ ।
स्किनी जिन्ससँग बक्सर लगाउनुः
स्किनी र फिट ट्राउजर वा जिन्ससँग बक्सर नलगाउनुहोस् । लूज भएका कारण यो भित्र एकै ठाउँमा जम्मा हुन्छ र बाहिरबाट तपाईंको पाइन्टको सेप बिग्रेको जस्तै देखिन्छ ।
एउटै रङको सर्ट र टाइ लगाउनुः
यदि सर्ट सादा छ भने टाई प्रिन्टेड लगाउनुहोस् र प्रिन्टेड सर्टसँगै सादा टाई ।
जिन्सलाई जस्तो मनलग्यो त्यसरी नपट्याउनुहोस्ः
जिन्स वा ट्राउजरलाई जस्तो मन लाग्यो त्यसरी नपट्याउनुहोस् । यसलाई तलबाट एक इन्च पट्याउनुहोस् वा आवश्यक भए पुनः अर्कोपटक पट्याउनुहोस् ।
आवश्यकभन्दा लामो ट्राउजर लगाउनुः
जुत्ताको तुनालाई नै छोप्ने लम्बाई भएको ट्राउजर नलगाउनुहोस् । यदि यस्तै लामो छ भने काटेर छोटो बनाउनुहोस् ।
जुत्तालाई दैनिक सफा नगर्नुः
यदि तपाईं जुत्तालाई दैनिक पालिस लगाउनुहुन्न भने कम्तीमा पनि कपडाले यसलाई दैनिक सफा गर्नुपर्छ । स्पोर्ट जुत्तालाई पनि भिजेको कपडाले सफा गर्न सकिन्छ ।
मैलो कलर भएको सर्ट लगाउनुः
धैरैजसो पुरुषको ध्यान सर्टको कलरमा जाँदैन । तर दैनिक सर्ट लगाउने व्यक्तिले त्यसको कलर फोहोर भए नभएको बिचार गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण