विद्यार्थीलाई योगको फाइदा के ?
शनिबार, ०९ वैशाख २०७४, ११ : ०९
सुजिता बस्नेत योग प्रशिक्षक
शारीरिक विकाससँगै मानसिक विकास पनि भइरहने उमेर समूहका बच्चालाई योग महत्वपूर्ण हुन्छ । स्कुल, कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई योगले झन् क्षमतावान् बनाउन सहयोग गर्छ । त्यसैले उनीहरूलाई शारीरिक र मानसिक विकास गराउने योगासनहरू दैनिक केही समय गराउनु फाइदाजनक हुन्छ । यस्ता योगाभ्यास तथा प्राणायामले बच्चामा भय, रिस, ईष्र्या, लोभ र स्वार्थीपनालाई कम गराउन मद्दत गर्छ । त्यस्तै, केही बच्चाको शारीरिक अवस्थाको विकास राम्रोसँग भएको छैन भने पनि निकै उपयोगी हुन्छ । शारीरिक उचाइ बढाउने, मस्तिष्क तीक्ष्ण बनाउने, एकाग्रता शक्तिलाई वृद्धि गर्ने कारण योगाभ्यास गर्ने विद्यार्थीको भित्री र बाहिरी सुन्दरतामा वृद्धि हुन्छ । बच्चाहरूले अनुलोम विलोम, भस्त्रिका, कपालभाती, भ्रामरी, उज्जाइजस्ता आसन र प्रणायाम गर्नु लाभदायक हुन्छ । शारीरिक वृद्धि चाहने बच्चाका लागि भन पश्चिमोत्तानासन उपयोगी हुन सक्छ । यो आसन गर्ने तरिका र यसका फाइदाबारे योग प्रशिक्षक सुजाता बस्नेतको सुझाब यस्तो छ :
विधि
सुरुमा मेरुदण्ड सीधा राखी दुवै खुट्टा एकसाथ सीधा पसार्दै सजिलोसँग बस्ने ।
त्यसपछि गहिरो श्वास लिँदै दुइटै हातलाई कानको माथिबाट आकाशतर्फ सीधा उठाउने ।
बिस्तारै श्वास फाल्दै हात र कम्मर एकैसाथ निहुर्याउँदै हातले खुट्टाको पन्जा समात्ने प्रयास गर्ने ।
अब टाउकोले घुँडा छुने, तर यसरी छुँदा घुँडा भने हल्लाउनु हुँदैन ।
यो विधि बिहान उठेर खाली पेटमा १५ देखि २० पटकसम्म गर्दा राम्रो हुन्छ ।
मोटो शरिर हुनेहरुले ५ मिनेटसम्म गर्दा राम्रो ।
फाइदा
यो आसनले शरीरमा लचिलोपन ल्याउनुका साथै बच्चाको उचाइ बढाउन मद्दत गर्छ ।
पेटसम्बन्धी समस्यालाई न्यूनीकरण गर्छ । यसले पाचन प्रणाली पनि बलियो बनाउँछ ।
मधुमेहबाट बचाउन, मोटोपना घटाउन तथा महिलाको प्रजनन क्षमता वृद्धि गर्न पनि सहयोग गर्छ ।
प्रोस्टेड र महिलाको आङ खस्ने समस्या कम गर्न पनि निकै फलदायी छ ।
सावधानी
धेरै ढाड दुखेको समयमा यस्तो आसन गनहुँदैन ।
उच्च रक्तचापका बिरामीले अगाडि र पछाडि धेरै झुक्नुहुँदैन ।
दमका रोगीले धेरै बेर श्वास रोक्नहुँदैन ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण