गिजा र दाँतमा हुने समस्या समाधानका उपाय
बुधबार, १३ वैशाख २०७४, १४ : १५
आफ्नो स्वास्थ्य शारीरिक तथा मानसिक रूपमा बलियो बनाउने चाहना त सबैको हुन्छ । तर, व्यस्त दैनिकी तथा लापरबाहीका कारण मानसिक रूपमा तयार भए पनि शारीरिक रूपमा अल्छी भइरहेको हुन्छ । यस्तोमा दाँत तथा गिजाको स्वास्थ्य राम्रो बनाउने कोसिस हँुदाहँुदै पनि बेवास्ता हुनु स्वाभाविक हुन आउँछ । तर, यसरी बेवास्ता गरेर जे पायो त्यही परिकारमा ध्यान नदिँदा गिजालाई थाहै नदिई असर गरिरहेको हुन्छ । अझ सुर्तीजन्य पदार्थको सेवन गर्ने प्रचलन नेपालमा बढी हुँदा बढी नै असर पुगेको हुन्छ । कतिपयलाई दाँत माझ्ने तरिका थाहा नभएर पनि समस्या भइरहेको हुन्छ । दैनिक बिहान–बेलुका ब्रस नगर्ने नेपाली करिब ९० प्रतिशतभन्दा बढी छन् । यस्तो कारणले गिजा तथा दाँतको समस्या हुन्छ । दैनिक रूपमा हामीले चिया खाँदा कार्बोहाइड्रेड एवं दाँतमा टाँसिने अन्य पदार्थले दाँतलाई असर गरिरहेको हुन्छ । त्यसैले यस्ता पदार्थ खाइसकेपछि मुख कुल्ला गरेकै हुनुपर्छ । दाँत तथा गिजालाई स्वस्थ राख्न अपनाउनुपर्ने सामान्य जीवनशैलीका बारेमा डेन्टल सर्जन डा. आभाष लाभको सुझाब यस्तो छः
—दाँतको र मुखको सफाइमा विशेष ध्यान दिनका लागि दिनको दुईपटक ब्रस गर्नैपर्छ । कार्बोहाइड्रेड भएको तथा टाँसिने पदार्थ भएको खाना खाएपछि कुल्ला गर्ने बानी बसाल्नुपर्छ ।
—कतिपय अवस्थामा दुई दाँतको बीचमा खानाका टुक्रा फसिरहेको हुन्छ । जसले गर्दा मुख स्वस्थ्यलाई गम्भीर खालको असर पर्छ । त्यसका लागि प्रत्येकपटक खाना खाएपछि फ्लसिङ गर्नुपर्छ ।
—मुखभित्र रहेको दाँतको संरचना बिग्रेको छ भने पनि दाँत र गिजालाई असर गर्छ । यस्तो अवस्थामा जति केयर गर्दा पनि दाँत र गिजा स्वस्थ नहुन सक्छ । त्यसैले दन्त चिकित्सकको सल्लाहमा दाँतको संरचना सुधार गर्नुपर्छ ।
उपयुक्त सावधानी अपनाउँदा पनि गिजासम्बन्धी समस्या विद्यमान रहेमा शरीरको अन्य रोगहरू (सिस्टेमिक डिजिजेज)का कारण त्यस्तो भएको हुन सक्छ । तीमध्ये प्रमुख कारण यस्ता यस्ता हुन सक्छन्ः
भिटामिन सीको कमी
मानव शरीरमा भिटामिन सीको कमीले मुख स्वास्थ्यमा असर गर्छ । त्यसैले नियमित भिटामिन सीको ट्याब्लेट खाने वा कागती, हरियो खुर्सानी, सुन्तलाजस्ता भिटामिन सी भएका फलफूल सेवन गर्दा पनि लाभ हुन्छ ।
हर्मोनमा गडबडी
किशोर अवस्थामा मानिसको हर्मोनसम्बन्धी उतारचढाव, गर्भवती अवस्थामा हुने हर्मोनको गडबडी अथवा अन्य कुनै पनि कारणले हुने हर्माेनको गडबडीले गिजालाई असर पार्न सक्छ । त्यसबाट बच्न इन्डोक्रायनोलोजिस्टलाई सम्पर्क गर्नुपर्छ ।
मधुमेहले हुने समस्या
मधुमेहका रोगीले विशेष ख्याल नराख्दा दाँत र गिजालाई धेरै नै असर पर्छ । दाँत नै हल्लिने, गिजा सुन्निने (पेरियोडन्टाइटिस) रोग लाग्न सक्छ । त्यसैले मधुमेहका रोगीले वेलावेलामा चिकित्सकसँग सम्पर्क गरी रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ ।
विभिन्न प्रकारका क्यान्सर तथा एड्सका कारण
मानव शरीरमा हुने विभिन्न अंगको क्यान्सरले मुख स्वास्थलाई प्रत्यक्ष असर पार्छ । ब्लड क्यान्सर, मुख क्यासर भएका गिजा तथा दाँतको हड्डीलाई कमजोर बनाउँछ । त्यसैले चिकित्सकको सल्लाहअनुसार उपचार गराइरहनुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो/भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने (आचारसंहिताको पूर्णपाठ)
-
फ्रान्ससँग भिडन्त अगाडि मोरक्कोलाई ठुलो धक्का
-
ठूला नदीमा बहाव सामान्य, साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम
-
गरुडा–कटहरिया सडक जीर्ण, तत्काल मर्मत नभए आवागमन ठप्प हुने चिन्ता
-
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
-
बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण