बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

तपाईंलाई थाहा छ सुर्ती र रक्सी सँगै खाँदा क्यान्सरको जोखिम कति बढछ ?

शनिबार, १६ वैशाख २०७४, १० : २६
शनिबार, १६ वैशाख २०७४
डा. राजेन्द्र बराल क्यान्सररोग विशेषज्ञ भक्तपुर क्यान्सर अस्पताल अव्यवस्थित जीवनशैली र खानपानमा ध्यान नदिँदा क्यान्सररोगका बिरामी अहिले बढेका छन् । क्यान्सर एउटा रोग मात्र नभई रोगहरूको समूह नै हो । क्यान्सर सरुवा रोग नभए पनि विश्वका धेरैजसो मानिस यो समस्याबाट ग्रसित छन् । मानिसको शरीरमा देखिने क्यान्सर पनि धेरै प्रकारका हुन्छन् । त्यसमा पनि मुखको क्यान्सरले पछिल्लो समय धेरैलाई सताएको छ । सुर्तीजन्य पदार्थको सेवन, मद्यपान, सुपारीजन्य पदार्थ खाने, अखाद्य पदार्थ, रासायनिक पदार्थको प्रयोग गर्नेहरूलाई मुखको क्यान्सरले सताउन सक्छ । राम्रोसँग मुखको सफाइ गर्ने, कुल्ला गर्ने, सन्तुलित खाना, हरियो सागपात, फलफूल खाने मानिसलाई स्वस्थ राख्नुका साथै सबै क्यान्सरबाट टाढा राख्न सहयोग पुर्‍याउँछ । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सररोग विशेषज्ञ डा. राजेन्द्र बराल मुखको क्यान्सर लाग्ने कारण र बच्ने उपायबारे यसो भन्छन्: -सुर्तीजन्य पदार्थ मुखको क्यान्सर लाग्ने प्रमुख कारण हो । मुखको क्यान्सर भएका बिरामीमा ९० प्रतिशभन्दा बढीले सुर्तीजन्य पदार्थको सेवन गरेको देखिन्छ । धूम्रपानबाट ३५ किसिमका रोग लाग्न सक्छ । – मद्यपान पनि मुख क्यान्सरको प्रमुख कारण हो । जुनसुकै प्रकारको र मात्रामा रक्सी सेवन गर्दा पनि मुखको क्यान्सर हुन सक्छ । मद्यपान गर्दा पनि धूम्रपान गर्नेहरू धेरै नै भेटिन्छन् । सुर्ती र रक्सीसँगै सेवन गर्दा मुखको क्यान्सर हुने सभावना १५ गुणाले बढ्छ । – अल्कोहल, जंकफुड, केमिकल हालेको सागसब्जीका कारण पनि मुखको क्यान्सर हुन सक्छ । – विभिन्न खाले क्यान्सरबाट बच्न नुन कम हालेको खानेकुरा खानु राम्रो हुन्छ । – मुखमा विभिन्न दाग देखिन सक्छ । कहिलेकाहीँ घाउ नदुख्न पनि सक्छ, त्यस्तो अवस्थामा चिकित्सकलाई देखाउनुपर्छ । – मुखमा भएका परिवर्तन, घाउ–खटिरा, दाग सजिलैसँग देख्न सकिन्छ । प्रायःजसो मुखका क्यान्सर अन्य घाउ–खटिरा भएर आउँछ । नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप