बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

टिभीको लत छुटाउने ५ उपाय

शनिबार, १६ वैशाख २०७४, १० : ३०
शनिबार, १६ वैशाख २०७४
निक काम सकेर फुर्सदमा टेलिभिजन हेर्नु राम्रै हो । आवश्यकताअनुसार आफूलाई मन पर्ने कार्यक्रम हेर्दा ‘मुड फ्रेस’ पनि हुनुका साथै विभिन्न जानकारी पनि प्राप्त हुन्छ । तर, कतिपय व्यक्ति भने टेलिभिजनको ‘एडिक्टेड’ नै हुन्छन्, हरबखत हेर्नैपर्ने । मुख्य काम नै छोडेर टेलिभिजनमा समय बिताउनु गलत आदत हो । खासगरी, बच्चाहरूलाई यो लत लागेको हुन्छ । टेलिभिजनको लत छुटाउन केही उपाय अपनाउन सकिन्छ : १ सहरिया घरमा कोठैपिच्छे टेलिभिजन राख्ने चलन देखिन्छ । टिभी हेर्ने बानी हटाउनु छ भने सबैभन्दा पहिले घरमा एउटा मात्रै टेलिभिजन राख्नुहोस् । घरका प्रत्येक सदस्यको फरक–फरक कार्यक्रममा रुचि हुन्छ । एउटा टिभी सेट मात्रै भयो भने आलोपालो हेर्नुपर्ने बाध्यता रहन्छ । चाहेर पनि आवश्यकताभन्दा बढी समय टेलिभिजन हेर्न पाइँदैन ।   २ टिभी हेर्न बसेपछि उठ्नै मन नलाग्ने बानी हटाउन अलार्मको सहयोग लिन सक्नुहुन्छ । टिभी हेर्ने समय हिसाब गर्नुहोस् र टिभी खोल्नुअघि कोठामा अलार्म सेट गरिदिनुहोस् । अड्कलेको समयमा अलार्म बजेपछि बसेको ठाउँबाट तुरुन्त उठ्नुहोस्, टिभी बन्द गरिदिनुहोस् ।   ३ टेलिभिजनका कार्यक्रमहरू बदलिइरहेका हुन्छन् । आफूलाई मन पर्ने टेलिभिजन कार्यक्रमको टाइमटेबल तयार पार्नुहोस् । त्यो समय मात्रै टेलिभिजन खोल्नुहोस्, कार्यक्रम सकिएपछि बन्द गर्नुहोस् । केही हप्ता तालिकाअनुसार चल्नुभयो भने बानी आफैँ बस्छ ।   ४ परिवारका अन्य सदस्य टेलिभिजनमा रमाइरहेका देख्दा तपाईंको पनि मन लोभिनु स्वाभाविक नै हो । एक दिन, दुई दिन हेर्दाहेर्दै आफूमा पनि त्यही बानी पर्छ । त्यसैले आफू र अरूलाई पनि टेलिभिज एडिक्ट बन्न नदिन केही नियम बनाउन सक्नुहुन्छ । जस्तै– खाना खाने समयमा टेलिभिजन हेर्न नपाउने नियम ।   ५ घरमा प्रायः बच्चाहरू स्कुलबाट आउनासाथ टेलिभिजनमा झुम्मिन थाल्छन् । जति भन्दा पनि टेलिभिजन बन्द गरेर अर्को कामतिर मन लगाउन मान्दैनन् । बच्चामा रहेको यस्तो आदत हटाउन रिमोट लुकाइदिनुहोस् । रिमोट नभएपछि हातले पटक–पटक च्यानल परिवर्तन गर्न झन्झट हुन्छ, अनि टेलिभिजन नै हेर्न छाडिदिन्छन् । नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप