तन र मनको सन्तुलन राख्न ताडासन
शनिबार, १६ वैशाख २०७४, १० : ३४
दीपक नेपाल योग प्रशिक्षक
धेरै मानिसमा सम्झन नसक्ने तथा दिमागमा पनि धेरै कुरा खेल्ने समस्या हुन्छ । मस्तिष्कलाई एकाग्र बनाउन सकिएन भने यस्तो समस्या देखिन सक्छ । हामीले दैनिक आफ्नो लागि केही समय छुट्याएर योग तथा प्राणायाम गर्न सक्यौँ भने दिमाग र मनलाई सन्तुलनमा राख्न सक्छौँ । आफ्नो स्नायु प्राणालीलाई बलियो र शरीरलाई पनि सन्तुलनमा राख्न ताडासन योग उपयुक्त हुन्छ । ताडासन गर्ने तरिका र यसका फाइदाबारे योग प्रशिक्षक दीपक नेपाल यसो भन्छन्
-सबैभन्दा पहिले योगम्याटमा आरामले बस्नुपर्छ । आफ्नो श्वासलाई शन्तुलनमा ल्याउनुपर्छ । श्वासलाई सन्तुलनमा राख्न आफ्नो श्वासप्रश्वासमा विशेष ध्यान दिनुपर्छ । त्यसपछि आफूले गर्न लागेको आसनबारे मस्तिष्कमा चित्र बनाएर सोच्नुपर्छ ।
-अब बिस्तारै–बिस्तारै म्याटमा उभिनुहोस् । दुवै गोडालाई बिस्तारै जोड्नुहोस् । दुवै तिघ्रा एक–आपसमा टाँसिएको हुनुपर्छ । अब बिस्तारै दुवै हत्केलालाई एकै ठाउँमा जोड्नुहोस् । हातका औँलाहरू एक–आपसमा जोडिएको हुनुपर्छ ।
-बिस्तारै श्वास लिँदै हत्केलालाई माथि लैजानुहोस् । साथमा खुट्टाको औँलाले टेकेर खुट्टा बिस्तारै माथि उठाउनुहोस् । यो चरणमा जति सकिन्छ, शरीरलाई तनक्क तन्काएर माथि श्वास लिनुहोस् । सन्तुलनका लागि सीधा अगाडि हेर्नुपर्छ । शिरदेखि पाउसम्म तनक्क शरीर तन्काउनुपर्छ ।
ताडासनका फाइदा
-यो योगले शिरदेखि पाउसम्मको व्यायाम गराउँछ ।
-तिघ्रा, पेटमा रहेको अनावश्यक बोसो घटाउन मद्दत गर्छ ।-शरीरको उचाइ र तौलको असन्तुलनलाई घटाउन सहयोग गर्छ ।-
-ढाडदुखाइमा विशेष आराम दिन्छ ।
-सम्पूर्ण जोर्नीहरूमा राम्रो रक्तसञ्चार गराउँछ ।
-मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
-श्वासप्रश्वास प्रणालीको अनियमिततामा राम्रो प्रभाव पार्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु वर्षको अन्तिम भुक्तानी हुने दिन आज, विकासे कार्यालयमा भुक्तानीको चटारो
-
बिदाको दिनमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने
-
अभिव्यक्ति विवादपछि गायिका इब्शलले मागिन् माफी
-
रोनाल्डो मोहले निम्त्याएको पोर्चुगलको विश्वकप दुर्घटना
-
काठमाडौँको जडीबुटीबाट ३२ जना बिचौलिया पक्राउ
-
अमेरिकी आक्रमणमा दुई दिनमा १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण