भक्तपुरको टोलटोलमा पार्टीका नेता कार्यकर्ताको -याली
हेमराज ढकाल
भक्तपुर , बैशाख २३–स्थानीय तहको निर्वाचन हुन करिब ९ दिन बाकीं रहेको अवस्थामा भक्तपुरमा आफ्नो पक्षमा जनमत बनाउन राजनितिक दलहरु सक्रिय रहेका छन् । भक्तपुरका चार नगरपालीका चाँगुनारायण, मध्यपुर, भक्तपुर र सुर्यविनायकका विभिन्न वडामा दलका झण्डा बोकेका पार्टीका नेता कार्यकर्ता र उम्मेदवारहरुको लाइन लाग्ने गरेको छ । यातायातको सहज पहुच र जिल्लाको हरेक नगरपालीका सजिलो भौगोलीक अवस्थाका कारणले दलहरुलाई चुनाव प्रचार प्रसारमा सहज भएको नेताहरुको भनाई छ । पार्टीका चुनावी गीतसंगित बजाउदैं जिल्लाका टोलटोलमा पार्टीका नेता कार्यकर्ता घरदैलो अभियान गर्दा चुनावी रौनकताले सबैलाई छोएको छ । कुन दलको कहाँ कहाँ हुदैं छ घरदैलो अभियानः नेपाली कांग्रेसः केहीदिनदेखि घरदैलो अभियान थालेको कांग्रेसले आज शनिबार सुर्यविनायक नगरपालीका वडा नं. ७, चाँगुनारायणको वडा नं. ४, भक्तपुरको नासामनामा आज साझँ चुनावीसभा हुने जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिएका छन् । नेकपा एमालेः एमालेल चुनावीसभा र घरदैलो अभियान लगातार गरीरहेको र आज सुर्यविनायक नगरपालीकाको सिपाडोल, नंखेल चाँगुनारायण नगरपालीकाको नगरकोट, झौखेलमा त्यसैगरी मध्यपुरको विभिन्न वडामा घरदैलो अभियान भइरहेको एमाले भक्तपुरका प्रचार विभाग प्रमुख श्याम सुन्दर बस्नेतले बताए । नेकपा माओवादी केन्द्रः माओवादीकेन्द्रले आज सुर्यविनायक नगरपालीकाको कटुन्जे, चाँगुनारायण नगरपालीकाको दुवाकोट, मध्युरको वडा नं. ६ र , भक्तपुर नगरपालीकाको दुधपाटी घरदैलो अभियान चलिरहेको माओवादी केन्द्रका जिल्ला संयोजक डिपी ढकालले जानकारी दिएका छन् । राप्रपाः राप्रपाले चाँगुनारायण नगरपालीकाको नगरकोट र दुवाकोटमा चुनावी र सभा घरदैलो अभियान गरेको अन्य नगपालीकाको विभिन्न वडामा दैनिक चुनावी गतीविधि भइरहेको राप्रपाका मिडीया संयोजक राजिव लामिछानेले बताए । नेमकिपाः नेमकिपाले मध्यपुर नगरपालीकाको लोकन्थलीबाट आजदेखि चुनावी कार्यक्रम सुरु गरेको छ । सुर्यविनायक, चाँगुनारायण र भक्तपुर नगरपालीकाका विभिन्न वडाहरु चुनावी कार्यक्रम हुने गरेको जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठले जानकारी दिएका छन् । अन्यदलः भक्तपुरमा मुख्य प्रतिस्पर्धीदल बाहेका नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेकपा माले, फोरम लोकतान्त्रीक, लगायतका ३६ दलहरु र स्वतन्त्र उम्मेदवारहरु चुनावी कार्यक्रममा लागिरेका छन् । जिल्लाका ४ नगरमध्ये भक्तपुर नगरपालिकामा ५२ हजार ९ सय ३० मतदाता रहेका छन् । मध्यपुर थिमि नगरपालिकामा ३६ हजार ५४, चाँगुनारायण नगरपालिकामा ३४ हजार ५ सय ५८ र सूर्यविनायक नगरपालिकामा ३७ हजार ९ सय ५७ रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका निर्वाचान अधिकृत उमेश राईले बताए । भक्तपुरमा १ लाख ६१ हजार ५ सय २९ जना मतदातामध्ये ८२ हजार ५ सय ९८ र पुरुष ७८ हजार ९ सय २६ रहेका छन् । जिल्लामा ५ जना तेस्रोलिङ्गी मतदाता छन् । स्थानीय तहको निर्वाचनमा भक्तपुरका चार नगरपालिकामा ७८ स्थलमा १ सय ९१ मतदान केन्द्र रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण