शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

ललितपुरमा मोटरसाइकल रेसिङ, तस्बिरमा हेर्नुहोस् खतरनाक स्टन्ट

शनिबार, २३ वैशाख २०७४, १७ : ११
शनिबार, २३ वैशाख २०७४

काठमाडौं - मोटरसाइकल रेसिङ ‘रेसमान्डु’को पाँचौ संस्करण ललितपुरको सातदोबाटोमा आज सम्पन्न भएको छ ।

सातदोवाटोका स्वीमिङ पुल कम्पाउन्डमा हुने कार्यक्रम नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) मा आबद्ध नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) ले आयोजना गरेको हो ।

रेसमान्डुमा नोभिस अन्तर्गत २ समूह र नेसनल गरी ३ समूहमा खेल सञ्चालन भयो ।

नोभिस क्याटागोरी ए समूहमा १९८ सिसीसम्मका र नोभिस क्याटागारी बी मा १९९ देखि २५० सिसीका मोटरसाइकल राइडर सहभागी भएका छन् ।

एनएमएफसीले वितरण गरेको मोटरसाइकल स्पोर्ट्स लाइसेन्स प्राप्त राइडर मात्र प्रतियोगितामा सहभागी हुने आयोजकले बताएका । विजेताहरुलाई शिल्ड, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । पर्वतीय खेलकुद महासंघको प्रस्ताव एवं समन्वयमा पाँचौ पर्वतीय खेलकुद महोत्सव २०१७ अन्तर्गत यो प्रतियोगिता सञ्चालन भएको हो ।

पाँचौ पर्वतीय खेलकुद महोत्सव अन्तर्गत नेपाल अटोमोबाइल्स एसोसिएसन र राष्ट्रिय खेलकुद परिषदले समेत यो इभेन्टलाई सहयोग गरेका छन् । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीका लागि यामाहा सोरुम र नासा कार्यालयमा फारम उपलब्ध गराइएको थियो। नेसनल क्याटागोरीको प्रतियोगितामा राइडरहरुले यामाहा आर १५ मोटरसाइकल कुदाएका छन् ।नासाले यसअघि चार वटा रेसमान्डु सम्पन्न गरिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप