शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

चैत्य बुद्ध महाविहारको रजत जयन्ती

शनिबार, २३ वैशाख २०७४, १७ : २१
शनिबार, २३ वैशाख २०७४
सरोज बस्नेत उर्लाबारी, बैशाख– उर्लाबारी नगरपालिका वडा नं. ७ स्थित स्वयम्भू चैत्य बुद्ध महाविहारले २५ औं वर्ष पूरा गरेको अवसरमा भब्यताका साथ शनिबार रजत जयन्ती मनाएको छ । इलाका प्रशासन कार्यालय उर्लाबारीका कार्याय प्रमुख पुरुषोत्तम घिमिरेको प्रमुख आतिथ्यता तथा महाविहारका अध्यक्ष गोवद्र्धन शाक्यको सभापतित्वमा उक्त जयन्ति मनाएको हो । उक्त कार्यक्रममा बोल्दै देबीस्थान दुर्गा मन्दिरकी उपाध्यक्ष यमुना राई, ब्रम्हकुमारी राजयोगकी प्रमुख मीरा बहिन जी, नेवा देय देवु उर्लाबारी अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, स्वयम्भु चैत्य महाविहार धरानका अध्यक्ष देवरत्न शाक्यलगायतले धर्मले आपसी सद्भाव र एकता कायम गर्ने उल्लेख गर्दै धार्मिक सद्भाव कायम राख्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि इलाका प्रशासन कार्यालय उर्लाबारीका कार्यालय प्रमुख पुरुषोत्तम घिमिरेले धर्मले समाजलाई सामाजिक अनुशासनमा अघि बढाउनु पर्ने बताएका छन् । कार्यक्रममा उर्लाबारी नगरपालिकाका सामाजिक विकास अधिकृत नवराज घिमिरे, पूर्वाञ्चल बौद्ध गुम्बाका अध्यक्ष महेन्द्रजंग तामाङ, उर्लाबारी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष धर्मराज शाक्यलगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा महाविहार निर्माणका लागि जग्गादातातर्फबाट रत्नमाया शाक्य, कल्पना शाक्य र भवन निर्माणकर्ता चौकीलाल धिमाललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । सोही अवसरमा स्व. शेरबहादुर शाक्यको स्मृतिमा ५० हजार रुपैयाँ चन्द्रकुमारी शाक्य परिवारले महाविहारका अध्यक्ष गोर्बद्धन शाक्यलाई प्रदान गरिएको छ । सोही कोषबाट नमूना बाल गृहका बालबालिकाहरुलाई ३० थान ब्याग वितरण गरिएको छ । राजकुमार शाक्य, बसन्त शाक्य र पंकज शाक्यले २ लाख रुपैयाँको कोष स्थापना गरेको र त्यसैबाट बार्षिक रुपमा छात्रबृत्ति प्रदान गरिने प्रचारप्रसार समितिका संयोजक ईश्वरलाल उदासले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप