शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

महाभियोग प्रस्ताव अघि बढ्छ, हामी ब्याक हुनेवाला छैनौंः काँग्रेस

शनिबार, २३ वैशाख २०७४, १७ : २५
शनिबार, २३ वैशाख २०७४

काठमाडौं, बैशाख २३–सत्तारुढ दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य एन.पी. साउदले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई लोकतन्त्रमाथिको प्रहारको संज्ञा दिएका छन् । शनिबार राजधानीमा अायाेजित साउदले भने,‘संविधान कार्यान्वयनको चरणमा राजनीति अघि बढिरहेको थियो, सरकार संविधान कार्यान्वयन गर्ने मुख्य जिम्मेवारीका साथ स्थानीय तहको निर्वाचनमा होमिएको थियो, तर पछिल्लो घट्नाहरु यसरी घटेका छन्, नि यी अनपेक्षित मात्रै नभएर प्रायोजित छन् ।’ उनले सरकारलाई केन्द्रमा राखेर अदालतबाट अतिक्रमण भएको समेत आरोप लगाए । उनले भने,‘कार्यपालिकाले आफ्ना नियुक्तीहरु गर्न पाउने अधिकार छ, नियम र कानून बमोजिम नियुक्ती, सुरुवा बढुवा गर्न पाउँछ, मन्त्रिमण्डललाई किटान गरेर अधिकार तोकेको छ नि।’ साउदले सर्वोच्च अदालतकी प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध नियमसंगत रुपमा नै महाअभियोग प्रस्ताव दर्ता गरेको स्पष्ट पारे । उनले भने,‘तर सर्वोच्च अदालतले गरेको निर्णय र फैसलाहरु प्रचलित कानून बमोजिम छैनन्, आफै निर्णय गरेर कानूनको नजिर स्थापित् गर्न खोजिएको छ, यो संविधान, कानून र संसदीय व्यवस्थामाथि उपहास भएको छ।’ उनले न्यायाधीश चोलेन्द्र शमशेरको एक ईजलासले दिएको उक्त आदेश भावनामा बहकिएर गरिएको बताउँदै भने,‘यो आदेशले संविधान कार्यान्वयन होस भनेर नचहानेहरुलाई नै बल पुगेको छ।’ उनले कृत्रिम रुपमा संवैधानिक संकट पैदा गराएर प्रक्रिया नै अवरुद्ध बनाउने काम भएको भन्दै त्यसका विरुद्ध आफ्नो पार्टी संसदमा पनि लड्न तयार रहेको चेतावनी दिए । उनले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सदनमा अघि बढ्ने समेत स्पष्ट पारे । उनले भने,‘महाअभियोग प्रस्तव अघि बढ्छ, हामी ब्याक हुनेवाला छैनौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप