सर्वोच्चको फैसलापछि कड्किए मधेसी नेता
शनिबार, २३ वैशाख २०७४, १७ : ३४
काठमाडौं, बैशाख २३–राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता जितेन्द्र सोनलले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई जनताको सर्वोच्चता र संसदमाथिको कुठराघातको संज्ञा दिएका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने,‘यो घट्नाको जति निन्दा गरेपनि कमै हुन्छ।’
नेता सोनलले विगतमा स्वर्गीय गिरीजाप्रसाद कोईरालाले सर्वाेच्च अदालतलाई नारायणहिटीमा सार्नुपर्छ भनेर भनेको कुरा आज मननयोग्य भएको स्मरण गराए । उनले थपे,‘जनतालाई आफ्नो भाषाको अधिकार दिनुपर्छ भन्दा सर्वोच्चले अंकुश लगाउने ? यसले के देखाउँछ भने सर्वोच्च अदालतले प्रगति र परिवर्तन पचाउन सकेको छैन।’
उनले साधारण अंशबण्डाको मुद्दामा त कानुनको धारा तथा उपधारा र ऐनहरु हेरिन्छ भन्दै प्रश्न तेर्साए,‘सर्वोच्च अदालतको आदेश भावनाको आधारमा, कवितावाचन गरेर मुलुक चल्दैन नि?’ उनले अदालतको यस्तो अन्तरिम आदेशलाई सवैधानिक संकट खडा गराउनेको उपज हो भनेर टिप्पणी गरे । सोनलले थपे,‘अदालतको यो आदेश लोकतन्त्रमाथिको आक्रमण हो।’
निकै आक्रमक रुपमा प्रस्तुत भएका सोनलले मुलुकको निकासको लागि सरकारले संविधान संशोधनमार्फत मधेशी जनताको अधिकार सुनिश्चित गर्न खोजिरहेको बेला यस्तो घट्ना हुनु दुःखद् भएको गुनासो पोखे ।
उनले न्यायाधीश चोलेन्द्र शमशरेले आफ्नो फैसालामाथि पूनरावलोकन गर्नुपर्ने समेत माग गरे । उनले संविधानसम्मत् हिसावले महाअभियोग प्रस्ताव आएकोले संसदले महाअभियोग प्रस्ताव अघि बढाउनुपर्ने समेत जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण