करेन्ट र चट्याङले दुई जनाको ज्यान गयो
शनिबार, २३ वैशाख २०७४, १८ : १४
सिन्धुली, वैशाख २३– सिन्धुलीको पाटन गाउँपालिका–१ चदाहा खोलामा झुन्डिएको विजुलीको तारबाट अचानक करेन्ट लाग्दा सोही गाउँपालिका–२ चौतारा बस्ने ४७ वर्षीय खर्कप्रसाद श्रेष्ठको शनिबार घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै, सिन्धुलीकै सुनकोशी गाउँपालिका–५ बन्दीपुर मगरटोल बस्ने बिष्णु थापाकी छोरी १४ वर्षीया सुन्तली थापा मगरको शनिबार सोही ठाउँमा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको छ ।
साथै सोही ठाउँ बस्ने १६ वर्षीया आदतीमाया तामाङ र १६ वर्षीया प्रमिला थापामगर चट्याङमा परी घाइते भएकोले उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी रातमाटेतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण