संसद भवन नजिकै घन्कियो राजतन्त्रको पक्षमा नारा
शनिबार, २३ वैशाख २०७४, १८ : १८
काठमाडौं, बैशाख २३– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियताको लागि संवैधानिक राजसंस्था आवश्यक रहेको दाबी गरेको छ ।
सो पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिन्दुराष्ट्र र राजतन्त्र फर्काउन आफ्नो पार्टीले संघर्ष गर्ने बताउँदै विदेशीको पैसा खाएर राजसंस्था र हिन्दुराष्ट्र हटाउने काम भएको दाबी गरे ।
संसद भवन नयाँ वानेश्वर नजिकैको एक पार्टी प्यालेसमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लोहनीले गणतन्त्रको नाममा लुटतन्त्र हाबी भएको दाबी गरे ।
उनले भने–१२ वर्षसम्म गणतन्त्रका नेताहरुले यो देशलाई लुटेर खाए। लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाए । नेपाली नेपालीबीच फुटाउने काम गरे । द्धन्द्ध मच्चाउने काम गरे ।’
उनले आफूले बनेको मान्छेलाई आइजीपी बनाउन प्रधान्यायाधीश सुशीला कार्कीले नमान्दा सरकारले उनलाई महाभियोग लगाएको आरोप लगाए ।
उनले प्रधानमन्त्री प्रचण्ड संविधान मास्न उद्दत रहेको समेतको आरोप लगाउँदै उनले सरकारको यस्तो हर्कतलाई जनताले राम्ररी बुझेको र अब चुप लागेर नबस्ने बताए ।
सो अवसरमा विभिन्न पार्टी पत्यिाग गरेर करीब १०० जना एराप्रपा राष्ट्रवादीमा प्रवेश गरेका थिए ।
सो अघि नेता कार्यकर्ताहरुले ‘राजतन्त्र फर्किन्छ फर्किन्छ’, राजा आउ देश बचाउ’ लगायतका चर्का नारा लगाएका थिए ।
हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको मूल एजेण्डा लिएर केहि पहिलेमात्रै सो पार्टी लोहनीको नेतृत्वमा स्थापना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण