शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बालुवाटारमा ओली–प्रचण्ड भेट, सर्वोच्चको आदेशपछिको अवस्थाबारे छलफल

शनिबार, २३ वैशाख २०७४, १९ : १०
शनिबार, २३ वैशाख २०७४
काठमाडौँ, वैशाख २३– सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीका सम्बन्धमा सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच शनिवार बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । मुलुकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच छलफल भएको र सहमतिमा नै सबै प्रक्रिया अगाडि बढाउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । भेटका क्रममा अझै पनि समय रहेको भन्दै एमाले अध्यक्ष ओलीले महाभियोग प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप