भतिज हत्या गरेको आरोपमा काका समातिए, आमाको होस अझै खुलेन
शनिबार, २३ वैशाख २०७४, १९ : ३८
सिरहा, बैशाख २३– आफ्नै भतिजको हत्याको गरेको आरोपमा मिर्चैया प्रहरीले सुरेश यादवलाई पक्राउ गरेकालाई पक्राउ गरेको छ ।
सिरहाको नरहा ३ खोरियाका भरोसी यादवको दुई वर्षीय छोरा रमन हत्या आरोपमा भरोसीको माइलो भाइ २८ बर्षीय सुरेश यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए ।
गत बुधबार बेलुका घरबाटै बेपत्ता भएका बालकको अपहरण भएको आशंका गरेपनि हत्या गरी खाल्डो खनि गाडिएको अवस्थामा शुक्रबार साँझ शव फेला परेको थियो ।
आफ्नै घर नजिक रहेको भाण्टा बारीमा घाँटीरेटी हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला परेको प्रहरी नायव उपरीक्षक बज्राचार्यले बताए ।
प्रहरी र घर परिवार सम्भावित विभिन्न ठाउँहरुमा खोजतलास गरेपनि बच्चा शुक्रबार साँझ मृत अवस्थामा भेटिएको थियो ।
पक्राउ परेका सुरेशले आफूले भतिज रमनको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाई छ । सुरेश भने मानसिक रोगी रहेको परिवारले जनाएको छ । पक्राउ परेका सुरेशमाथि कर्तव्य अन्तर्गत मुद्धा चलाएको छ ।
मानसिक रोगी सुरेशले बच्चाले जतासुकै फोरह गर्ने भएकोले उनको हत्या गरेको भन्ने गरेको बताइएको छ । उनले बच्चालाई पराल काट्न गर्साले घाँटी रेटी हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
बालक हराएकै बेलादेखि अचेत अवस्थामा रहेका बालककी आमा २८ वर्षीय निराकुमारी यादवको अहिलेसम्म होस खुल्न सकेको छैन । बालक हत्या गरिएको अवस्थामा फेला परेपछि पुरै गाउँ शोकमग्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण