चुनाव विरोधी गतिविधि गरेको भन्दै विप्लवका तीन कार्यकर्ता पक्राउ
शनिबार, २३ वैशाख २०७४, १९ : ४४
सिन्धुली, वैशाख २३– सिन्धुलीमा निर्वाचन विरोधी गतिविधि गर्ने तीनजना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यक्रर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुली गोलन्जोर–७ का जुद्ध बहादुर विश्वकर्मा, कमलामाई नगरपालिका–२ का सुजन श्रेष्ठ र हरिहरपुरगढी गाउँपालिकाका बोधराज घिमिरेलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभासचन्द्र बोहोराले जानकारी दिए । (रासस)
उनीहरुले विभिन्न स्थानमा चुनाव विरोधी गतिविधि गरेको जानकारी आएपछि पक्राउ गरिएको बोहोराले बताउनुभयो । उहाँका अनुसार तीनैजनालाई सार्वजनिक अपराध ऐनअनुसार कारबाही हुनेछ ।
उनीहरुले मनोनयन दर्ताको काम सकेर चुनावी प्रचारप्रसारमा लागेका विभिन्न दलका उम्मेदवारलाई जवर्जस्ती मनोनयन फिर्ता लिन लगाउने, घरमा कालो झन्डा गाड्ने, चुनावी प्रचार प्रसार नगर्न र बन्द गर्न धम्की दिनेलगायतका काम गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण