शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पत्रकारका लागि चुनाव लक्षित छ बुँदे निर्देशिका जारी

शनिबार, २३ वैशाख २०७४, १९ : ४७
शनिबार, २३ वैशाख २०७४
चितवन, वैशाख २३– स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाल पत्रकार महासङ्घ चितवन शाखाले पत्रकारका लागि छ बुँदे निर्देशिका जारी गरेको छ । पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखेर महासङ्घले यस्तो निर्देशिका जारी गरेको हो । शनिवारदेखि नै लागू हुने गरी निर्देशिका जारी गरेको महासङ्घका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । जिल्लास्थित पत्रकारसँग सम्बद्ध विभिन्न पेसागत सङ्गठनका प्रमुखको सुझावका आधारमा जारी निर्देशिकामा पत्रकारले कुनै पनि पार्टीको परिचय झल्कने पोसाक, चिह्न, झन्डालगायत साङ्केतिक चिह्नको प्रयोग नगर्न भनिएको छ । त्यस्तै पत्रकारले प्रयोग गर्ने सवारी साधनमा पार्टीका झन्डा, चुनाव चिह्नका स्टिकरको प्रयोग नगर्ने, पत्रकारले प्रयोग गर्ने सवारी साधनमा स्थायी प्रकृतिको प्रेस नलेख्न, पत्रकारले सामाजिक सञ्जालमा कुनै पनि पार्टीका चिह्न राखेर मत नमाग्न, अमर्यादित टीकाटिप्पणी नगर्न आग्रह गरिएको छ । समाचार सङ्कलनका लागि जाँदा आफ्नो परिचयपत्र साथमै राख्न र सो क्रममा कारणबस कुनै समस्या परेमा नेपाल पत्रकार महासङ्घ चितवनले स्थानीय तह निर्वाचनलाई लक्षित गरी स्थापना गरेको हेल्पडेक्समा खबर गर्न आग्रह गरिएको छ । महासङ्घले निर्वाचनमा पेसागत आचारसंहितासँगै निर्वाचन लक्षित तयार पारिएको छ बुँदे निर्देशिकालाई पूर्णरुपमा पालना गर्न पत्रकारलाई आग्रह गरेको छ । (रासस)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप