शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

स्वतन्त्र न्यायापालिकाको सम्मान गर्न विष्टको सुझाव

शनिबार, २३ वैशाख २०७४, १९ : ५६
शनिबार, २३ वैशाख २०७४
प्रेम सुनार गुल्मी, बैशाख २३– नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर ३ का सांसद गोकर्ण विष्टले सरकारलाई स्वतन्त्र न्यायपालिका र प्रधानन्याधीश सुशीला कार्कीको सम्मान गर्न सुझाव दिएका छन् । गुल्मीको इश्मा गाउँपालिकामा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै सरकारलाई उनले यस्तो सुझाव दिएका हुन् । ‘सरकारले प्रधानन्यायाधिस शुसिला कार्कीलाई महाअभियोग लगाएर स्वतन्त्र न्यायपालिकाको अधिकारमाथि हस्तक्षेप गरेको छ’ उनले भने– ‘तर सर्वोच्च अदालतले अहिले प्रधानन्यायाधीस कार्कीको पक्षमा जुन फैसला गरेको छ त्यसले पुनः स्वतन्त्र न्यायपालिकाको सम्मान भएको छ ।’ महाअभियोग प्रस्ताव एमालेले कुनैै पनि हालतमा पास हुन नदिने नेता विष्टले चेतावनी दिए । कार्यक्रममा एमालेका पुर्व सांसद कमलराज श्रेष्ठ, जिल्ला अध्यक्ष मधुकृष्ण पन्त, एमाले शिक्षा विभाग प्रमुख पीएलमणी पोखरेल लगायतले चुनावी भाषण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप