नेपालमा पनि आयो अफिसर्स च्वाइस ब्लू
शनिबार, २३ वैशाख २०७४, २० : ०८
काठमाडौं, वैशाख २३– अलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्स प्रा.लि. (एबीडी) ले आफ्नो डिलक्स ह्विस्की ब्राण्ड अफिसर्स च्वाइस काठमाडौंमा सार्वजनिक गरेको छ ।
होटल डेला अन्नपूर्णमा एक कार्यक्रम गरी कम्पनीले अन्तर्राष्ट्रिय स्तरको अफिसर्स च्वाइस ब्लू सार्वजनिक गरेको हो । सन् २०१७ मार्च ३१ तारिखमा समाप्त भएको वर्ष, यो कम्पनीले ३ करोड ३२ लाख केस बिक्री गर्न सफल भएको थियो ।
एबीडीले विश्वका २६ मुलुकहरु आफ्नो उत्पादन पुर्याएको छ । भारत, यूएई, ओमन, कतार, बहराइन, नाइजेरीया, तान्जानिया, मलेसिया, सिंगापुर, चिली, हाइटी तथा अमेरिका छन् । यसको आफ्नो फ्ल्यागशिप ब्राण्ड अफिसर्स च्वाइस ह्विस्की, केबल विश्वमा सबैभन्दा धेरै बिक्री हुने ह्विस्की ब्राण्ड मात्र नभएर यो विश्वमा दोस्रो सबैभन्दा धेरै बिक्री हुने मदिरा ब्राण्ड भएको कम्पनीको दाबी छ ।
अफिसर्स च्वाइस ब्लू, अफिसर्स च्वाइसको प्रिमियम संस्करण हो, जून सन् २०११ मा अनावरण गरिएको थियो । विश्वभरका बजारहरुमा परिक्षण सफलतापछि, अफिसर्स च्वाइस ब्लू एबीडीको बिस्तार रणनीति अन्तर्गत नेपालमा आइपुगेको कम्पनीको भनाइ छ । अलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्सका कार्यकारी उपाध्यक्ष दिपक रायले अफिसर्स च्वाइस ब्लूको लन्च गर्न पाउँदा निकै हर्षित भएको बताए ।
अलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्स किशोर छाबरियाद्धारा प्रबद्र्धित कम्पनी भएको पनि रायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण