‘माइस टृुरिजम’ तालिमका लागि डा.बर्ट भान काठमाडौंमा
शनिबार, २३ वैशाख २०७४, २० : २०
काठमाडौं, वैशाख २३– क्यापासिटी बिल्डिङ्ग इन माईस टृुरिजम अभियान अन्र्तगत एसियाली माईस् इन्डष्ट्रिजमा प्रख्यात विज्ञ थाइल्याण्डका डा. बर्ट भान वालबिक काठमाडौं आएका छन् ।
हिमालयन ट्राभल मार्ट २०१७” तथा ईन्टरनेश्नल ट्राभल ब्लर्गस एण्ड मिडिया कन्फ्रेन्सका लागि परिचालन हुने विद्यार्थी युवालाई तालिम दिन वालबिक काठमाडौं आएका हुन् ।
प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा)नेपाल च्याप्टरले आगामी जुन १ देखि ४ सम्म “हिमालयन ट्राभल मार्ट २०१७” तथा ईन्टरनेश्नल ट्राभल ब्लर्गस एण्ड मिडिया कन्फ्रेन्स आयोजना गर्दैछ ।
नेपाल एयरलाइन्स, होटल माया मेनोर र मिड भ्याली ईन्टरनेश्नल कलेजको सहयोगमा पाटा नेपालद्धारा राजधानीको ज्ञानेश्वर स्थित मिड भ्याली ईन्टरनेश्नल कलेजमा भएको २ दिने “माईस टृुरिजम” तालिमा विद्यार्थीहरु, एयरलाइन्स, होटल तथा पर्यटन बोर्डका सहभागि गरी करिव ७० जनाले सहभागिता जनाएका छन् ।
कार्यक्रमको उद्घाटनको क्रममा स्वागत मन्तब्य राख्दै पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले विद्यार्थीहरुको ब्यक्तित्व विकास र हिमालयन ट्राभल मार्टको सफल आयोजनका निम्ति आवस्यक जनशक्ति निर्माण अभियानमा संलग्नप्रति आभार ब्यक्त गरे ।
डा। बर्टले यस २ दिने तालिममा डेलिभरिङ्ग माईस, बेसिक्स अफ माईस, माईस एण्ड द डेस्टिनेशन, द मिटिङ्ग एण्ड कन्फ्रेन्स माउस, द इ्रेन्सेन्टिभ माउस, द एक्जिभिसन माउस, क्रिएटिङ्ग वाव फ्याक्टर, द रोल कल्चर प्लेज इन माईस सर्भिस, ह्याण्डलिङ्ग क्यूरिज एण्ड कम्पलेन तथा डेलिभरिङ्ग ड्रिम जस्ता शीर्षकहरुमा प्रशिक्षण दिने पाटा नेपाल च्याप्टरले जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण