शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पोखरामा सबै पार्टीका उम्मेदवारलाई राखेर जनताले र्याखर्याखी पारे

शनिबार, २३ वैशाख २०७४, २० : ३१
शनिबार, २३ वैशाख २०७४
गौरव त्रिपाठी पोखरा, वैशाख २३– पोखराका युवाहरुले सबै राजनीतिक पार्टीका उम्मेदवारहरुलाई एउटै मञ्चमा उभ्याएर प्रश्न तेर्साएका छन् । हाम्रो कास्कीकोट युवा सञ्जालको आयोजनामा पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ मा स्थानीय तहको निवार्चनका उमेद्वारहरुसगँ सार्वजनिक सुनुवाई गरिएको हो । उमेद्वारहरुले आफ्ना कार्य योजनाहरु प्रस्तुत गरेका थिए । सहभागीहरुले दलहरुले अहिले चुनावका वेलामा मात्र भोट माग्न आउदा जनतालाई चिन्ने अघि पछि नचिन्ने प्रवृत्ति भएको भन्दै चुनाव जितेपछि जनतालाई बिर्सिने गरेको भन्दै ब्यङग्य गरेका थिए । सार्वजनिक सुनुवाईमा नेपाली कांग्रेस, एमाले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नयाँ शतिm, राप्रपा लगायत सबै दलका उमेदवारहरुको उपस्थिति थियो । कार्यक्रममा नेकपा एमालेका ओमप्रकाश सुवेदी, नेपाली कांग्रेसका भरतवहादुर अधिकारी, नयाँ शक्ति पार्टीका उमेद्वार मीन वस्नेत, राप्रपाका लालुप्रसाद अधिकारीले आ–आफ्ना अवधारणा प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप