मञ्चमा भाषण दिइरहेकाबेला बेहोस भएका सांसदको निधन
शनिबार, २३ वैशाख २०७४, २० : ३९
पेरिस (फ्रान्स), वैशाख २३– फ्रान्सको राष्ट्रपतिको निर्वाचन अभियानका भाषण दिइहेकाबेला मञ्चमा बेहोस बनी ढलेका समाजवादी दलका सांसदको रिन एर्हेल, ५० को शनिबार निधन भएको छ ।
राष्ट्रपतिका उम्मेदवार इम्यानुयल म्याक्रोनलाई मतदान गर्न सर्वसाधारण फ्रान्सेली नागरिकलाई मञ्चबाट आकर्षक वक्तव्य दिइरहेका एर्हेल मञ्चमा ढलेपछि तत्कालै उपचारका लागि अस्पताल पु¥याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
‘राष्ट्रपति निर्वाचनमा सशक्त रुपमा खटिरहेका एर्हेलको अभियानका क्रममा मृत्यु भएको खबरले हामीलाई मर्माहत तुल्याएको छ ।’– फ्रान्सको तल्लो सभाका सभामुख क्लाउनड बार्टोलनले भने । बार्टोलनका अनुसार उनी प्लाओजीमा निर्वाचन अभियानका क्रममा खटिएका थिए ।
‘सन् २००७ देखि फ्रान्सको सांसद रहनुभएकी उनी संसदीय क्रियाकलापमा सधैँ लगनशील देखिन्थे ।’ –समाजवादी नेता तथा राष्ट्रपति फ्रास्वाँ अलान्दले मृतक सांसदलाई स्मरण गरे ।
एर्हेल म्याक्रोको निर्वाचन अभियानमा सक्रिय रुपमा लागेका थिए । फ्रान्समा राष्ट्रपति निर्वाचनका लागि दोस्रो चरणको निर्वाचन आइतबार हुँदैछ । (एजेन्सी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण