शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नयाँ रेकर्ड बनाउन सकेनन् शेरचनले, आधार शिविरमै ज्यान गयो

शनिबार, २३ वैशाख २०७४, २१ : ०३
शनिबार, २३ वैशाख २०७४
काठमाडौं, वैशाख २३– सबैभन्दा बढी उमेरमा सगरमाथा आरोरण गरी नयाँ रेकर्ड बनाउन खोज्न मीनबहादुर शेरचनको निधन भएको छ । ८५ वर्षको उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गर्छु भन्दा शेरचनको ज्यान गएको हो । उनले सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरेको रेकर्ड बनाउन चाहेका थिए । सन् २०१३ मा जापानका यूचीरा मिउराले ८० वर्षको उमेरमा सगरमाथा आरोहरण गरी सबै बढी उमेर उमेरमा सगरमाथा पुगेको रेकर्ड बनाएका छन् । शेरचनले मिउराको रेकर्ड तोड्न चाहेका थिए । शेरचनले यसअघि सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथा आरोहण गरी सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरेको रेकर्ड बनाएका थिए । तर मिराउले सन् २०१३ मा उक्त रेकर्ड तोडिदिएका थिए । सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुगेका शेरचनको ८५ वर्षीय शेरचनको शनिवार निधन भएको हो । उनको शनिबार बेलुका ५ बजेर १४ मिनेटमा आधार शिविरमै निधन भएको हो । म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित सगरमाथा आरोहणका लागि निस्किएका थिए । केही दिनअघि मात्रै सगरमाथा चढ्ने क्रममा ४० वषका स्वीस पर्वतारोही उइली स्टेकको मृत्यु भएको थियो । यसअघि पनि ८१ वर्षको उमेरमा मीनबहादुरले मिउराको रेकर्ड तोड्ने प्रयास गरेका थिए । तर खराब मौसमका कारण उनको उक्त अभियान बीचैमा छाड्नु परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप