गोरखामा नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण
शनिबार, २३ वैशाख २०७४, २१ : ४४
गोरखा, वैशाख २३– नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता, कार्यकर्तालाई बाटो छेकेर नेकपा (माओबादी केन्द्र) का कार्यकर्ताले आक्रमण गरेको नयाँ शक्ति पार्टीले आरोप लगाएको छ ।
गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा आज साँझ माओवादी केन्द्रको आक्रमणबाट नयाँ शक्तिका कार्यकर्ता सुवास कुमाल, भीमबहादुर कुमाल, तिलक रम्तेल र दीपक कुमाल घाइते भएका छन् । उनीहरुको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
माओवादी कार्यकर्ताले नयाँ शक्ति पार्टीका कार्यकर्ता चढेको ग २ च ३३६४ नम्बरको बोलेरो जीपको सीसा फुटाइदिएका छन् । इट्टा प्रहारबाट बोलेरोको अगाडि भागको सीसा फुटेको छ भने बा ३७ प २६०४ र बा ४० प ६४२७ नम्बरको मोटरसाइकल तोडफोड गरेका हुन् । साँझ पौने छ बजेतिर माओवादीले नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण गरेको बताइएको छ ।
नयाँ शक्तिबाट गोरखा नगरपालिकाको प्रमुख पदका उमेद्वार पूर्वसभासद ज्ञानेन्द्र कुमालको नेतृत्वमा देउरालीमा चुनावी सभा गरेर फर्किएको टोलीमाथि माओवादीले आक्रमण गरेका हुन् ।
कुमाल स्कारपियो गाडीमा रहेकाले आक्रमणमा परेनन् । चुनावी प्रचार टोली सवार बोलेरोमाथि माओबादीले आक्रमण गरेका प्रत्यक्षदर्शीले जनाएका छन् ।
नयाँ शक्ति पार्टीका कार्यकर्तामाथि आफूहरुले आक्रमण नगरेको गोरखा नगरपालिकाको प्रमुख पदका उमेद्वार कृष्ण रानाले दाबी गरे । उनले भने, ‘हाम्रो टोलीले लालसलाम भन्यो । उनीहरुले अश्लील इसारा गरेपछि सामान्य विवाद भएको हो । कुटपिट भएको छैन ।’ (रासस)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण