शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

अहिलेसम्म ३ सय १६ जना निर्विरोध निर्वाचित

शनिबार, २३ वैशाख २०७४, २१ : ५२
शनिबार, २३ वैशाख २०७४
काठमाडौं, वैशाख २३– वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा अहिलेसम्म ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारीअनुसार एमालेका १४२, कांग्रेसका ९४, माओवादी केन्द्रका ३६ र स्वतन्त्रबाट उम्मेदवारी दिएका ४२ जना निर्विरोध भएका छन् । यस्तै, राप्रपाका ४ जना, नयाँ शक्ति र परिवार दलको एक एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा २ सय ८३ स्थानीय तहका लागि बैशाख १९ गते उम्मेदवारी दर्ता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप