एमएसएन चम्किँदा बार्सिलाना विजयी, १ सय गोल पूरा
एजेन्सी
बार्सिलोना, वैशाख २४ – बार्सिलोनाको स्ट्राइकिङ फोर्स एमएसएन चम्किएपछि भिल्लेरियाललाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियनले रियल म्याड्रिडमाथि दबाब कायम राखेको छ ।
नेयमार, लुइस सुवारेज र लियोनेल मेस्सीले गोल गर्दै यो सिजन एमएसएनले १ सय गोल पूरा गरेपछि बार्सिलोना ४–१ गोलअन्तरले विजयी बनेको हो ।
यो सिजन ला लिगामा घरेलु मैदानबाहिर सबैभन्दा कम गोल खाएको फ्रान एस्क्रिबाको टोलीले क्याम्प नाउमा त्यो प्रदर्शनलाई दोहोराउन सकेन ।
खेलको २१ औँ मिनेटमा नै नेयमारले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । सेड्रिक बाकाम्बुले लगत्तै एक गोल फर्काउँदै खेल बराबरीमा ल्याए पनि त्यसपछि बार्सिलोनाले गोलको वर्षा गरेको थियो ।
त्यसपछि मेस्सीले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । योसँगै एमएसएनले यो सिजन सबै प्रतियोगितामा आफ्नो गोल संख्या १ सय पुर्यायो ।
यसक्रममा मेस्सीले ५० गोल गरेका छन् भने सुवारेजले ३४ तथा नेयमार १६ गोल गरेका छन् ।
शीर्ष ५ युरोपियन लिगमा ५० गोल पूरा गर्ने मेस्सी यो सिजन पहिलो खेलाडी हुन् ।
दोस्रो हाफमा सुवारेजले अर्को गोल थपे भने खेलको अन्त्यतिर २० यार्ड टाढाबाट फ्रिकिक हान्दै मेस्सीले बार्सिलोनलाई सहज जित दिलाए ।
घरेलु मैदानमा बार्सिलोनाको यो लगातार ११ औँ जीत पनि हो ।
जीतसँगै ३६ खेलबाट बार्सिलोना ८४ अंकसहित हेड टु हेडका आधारमा रियललाई उछिन्दै ला लिगाको शीर्ष स्थानमा कायम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण