‘फाइभ स्टार’ प्रदर्शन गर्दै शीर्ष चारमा सिटीको पकड बलियो
एजेन्सी
लण्डन, वैशाख २४ – क्रिस्टल प्यालेसमाथि सहज जित निकाल्दै म्यान्चेस्टर सिटीले शीर्ष चारमा पकड बलियो बनाएको छ ।
प्यालेसलाई ५–० ले हराउँदै गोल अन्तरको आधारमा लिभरपुललाई उछिन्दै सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ ।
डेभिड सिल्भाले दुई मिनेट भित्रनै यो सिजन सिटीको सबैभन्दा गोल गर्दै सिटीलाई अग्रता दिलाए ।
तर, त्यसपछि पहिलो हाफमा कुनै गोल हुन सकेन ।
खेलको दोस्रो हाफमा भने सिटीले एक पछि अर्को गोल गर्दै सिटीलाई सहज जित हासिल गर्यो ।
दोस्रो हाफमा भिन्सेन्ट कोम्पानी, केभिन डि ब्रयुन, राहिम स्टर्लिङ र निकालास ओटामेन्डीले एक एक गोल गरे ।
शनिबार भएकै अन्य खेलमा लेस्टर सिटीले ३–० ले वार्टफोर्डलाई पराजित गर्यो ।
त्यस्तै, स्वान्सी सिटीले एभर्टनलाई १–० ले पराजित गर्दै रेलिगेसन जोनबाट माथि उक्लेको छ ।
उता, हल सिटीभने सन्डरल्याण्डसँग २–० ले पराजित भएपछि रेलिगेसनबाट माथि उक्लन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण