शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

संस्कृतिले विश्वमा नेपालको पहिचान गराएको छ

आइतबार, २४ वैशाख २०७४, ०८ : ०३
आइतबार, २४ वैशाख २०७४
काठमाडौँ, २४ वैशाख - संंस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परापूर्वकालदेखि विकसित हुँदै आएको संस्कृतिले विश्वमा पहिचान गराएकाले यो संस्कृतिलाई बचाउनु सबैको साझा कर्तव्य भएको बताएका छन् । नेपाल लोकवार्ता समाजले शनिबार आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् जोशीले पहाड, तराई तथा मधेसमा रहेका फरक फरक संस्कृतिनै देशको पहिचान भएको बताए । उनले नेपालमा सन् १९६७ मा संस्कृतिसम्बन्धी नियम बनेपछि नेपाल नयाँ युगमा प्रवेश गरेको र १०० भन्दा भाषाभाषीको संस्कृतिले देशको गौरवलाई उँचो बनाएको विचार राखे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्कर अधिकारीले नेपालको संस्कृतिमा आफ्नै विशेषता रहेको बताउँदै बहुसांस्कृतिक र बहुभाषिक नेपाली समाजले पहिचानको प्रत्याभूतिका लागि राज्यमा दबाब सिर्जना गरेको चर्चा गरे । कार्यक्रममा संस्कृतिविद् जोशीले धिमाल लोकवार्ता तथा लोकजीवन र डिस्कोर्ष अन फोल्क नामक अङ्ग्रेजी पुस्तक विमोचन गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप