शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

तीन महिनामै पक्की पुल निर्माण

आइतबार, २४ वैशाख २०७४, ०८ : ११
आइतबार, २४ वैशाख २०७४
डडेल्धुरा, २४ वैशाख - डडेल्धुराको वुडर जोगबुढा सडकखण्डको सुनखोलामा तीन महिनामै पक्की मोटरेबल पुल निर्माण गरिएकोे छ । डडेल्धुराको आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने एकमात्र वुडर जोगबुढा सडकको सुनखोलामा निर्माण गरिएको पक्की मोटरेबल पुल निर्माण भएको निर्माण कम्पनी सवकन्स्ट्रयाक्टर जय विष्णु निर्माण सेवा प्रालि काठमाडौँका इन्जिनियर अनिल सिलवालले बताए । स्थानीय पूर्वाधार कृषि सडक आयोजनाअन्तर्गत जिल्ला समन्वय समिति, डडेल्धुराको रु एक करोड ७३ लाखको लागतमा निर्माण भएको पुलको लम्बाइ २५.५ मिटर रहेको छ । एक वर्षमा निर्माण सम्पन्न गर्ने गरीे सम्झौता भए पनि निर्माण सुरु गरेको तीन महिनामै सम्पन्न गरेको जिल्ला समन्वय समिति, डडेल्धुराले जनाएको छ । सुनखोलामा पक्की मोटरेबल पुल निर्माण हुँदा जिल्लाको भित्रि मधेस क्षेत्रका सयौँ गाउँका हजारौँ स्थानीय बासिन्दालाई आवतजावत गर्नका साथै यातायात सञ्चालनमा सहज भएको छ । वुडर जोगबुढा सडकमा दैनिक दर्जनौँ मालबाहक र यात्रुबाहक सवारी साधन सञ्चालन हुने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप