शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बिजुलीबजारमा कार दुर्घटना, १ को मृत्यु, २ जना घाइते

आइतबार, २४ वैशाख २०७४, ०८ : ४८
आइतबार, २४ वैशाख २०७४

काठमाडौँ, वैशाख २४ – काठमाडौंको बिजुलीबजारमा कार अनियन्त्रीत भई दुर्घटना हुंदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

गत राति साढे १० बजे बा १६ च ८३०३ नम्बरको कार दुर्घटनाग्रस्त बनेको हो ।

मृत्यु हुनेमा कारमा सवार धनुषा कुरुले घर भई हाल काठमाडौं शान्तिनगर बस्दै आएका चन्द्र निरौला रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका निरौलाको उपचारको क्रममा एभरेष्ट अस्पताल बानेश्वरमा राती नै मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ ।

घाइते भएका कार चालक काभ्रेका भक्त लामा र कारमा सवार मिनभवन बस्दै आएका गणेश खत्रीको नर्भिक अस्पतालमा उपचार भैरहेको छ ।

घाइते मध्ये लामाको अवस्था गम्भिर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप