शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

कश्मिरमा पुलिसमाथि अन्धधुन्ध गोलीबारी, ४ को मृत्यु

आइतबार, २४ वैशाख २०७४, ०९ : २२
आइतबार, २४ वैशाख २०७४

बीबीसी

बैशाख २४ – भारत प्रशासित कश्मिरको कुलगाम जिल्लाको मिरबाजारमा शनिबार अबेर राती लगातार भएको गोलीबारीमा एक पुलिसकर्मी र एक चरमपन्थीसमेत चारजनाको मृत्यु भएको छ ।

श्रीनगरबाट करिब साठी किलोमिटर टाढा कुलगामको मिरबाजार इलाकामा पुलिस बलमाथि त्यतिबेला फायरिङ भयो जब पुलिस श्रीनगर–जम्मू राष्ट्रिय राजमार्गमा भएको एक दुर्घटनाका कारण भएको ट्राफिक जामलाई हटाउन लागिपरेको थियो, जसमा एकजनाको मृत्यु भएको थियो ।

पुलिसका अनुसार जतिबेला मिरबाजारमा पुलिस बल ट्राफिक जाम हटाइरहेको थियो, त्यतिबेला कारमा सवार चरमपन्थीले पुलिस बलमाथि अन्धधुन्ध गोलीबारी गरेका थिए जसमा एक पुलिस जवानको मृत्यु भयो ।

एक पुलिस अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार हमलामा एक पुलिकर्मी, एक चरमपन्थी र दुई सर्वसाधारणको मृत्यु भयो । यद्यपी, मारिएका सर्वसाधारणको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

पुलिसले मारिएका चरमपन्थीबाट एक हतियार पनि बरामद गरेको दाबी गरेको छ । घटनास्थलमा दुर्घटना भएकाले पहिले नै निकै भीड थियो ।

घाइतेको उपचारको लागि श्रीनगर लगिएको छ । पुलिसले इलाकामा बाँकी दुई चरमपन्थीको खोजी सुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप