बियरका लागि ५० हजार मानव पिसाब संकलन
बीबीसी
बैशाख २४ – रक्सी बनाउने एक डेनिश कम्पनीले एक नयाँ बियर बनाएको छ । यो बियरको नाम पिसनर हो । यसलाई बनाउनका लागि एक सांगीतिक कार्यक्रमबाट ५० हजार लिटर पिसाब संकलन गरिएको थियो ।
रक्सी बनाउने कम्पनी नोरब्रोको भनाई अनुसार ‘फाइनल प्रोडक्ट’ मा कुनै पनि प्रकारको मानवीय फोहोर हुनेछैन ।
पिसनरमा जुन जौको प्रयोग गरिएको थियो त्यसको उत्पादनमा मलको रुपमा मानव पिसाबको प्रयोग गरिएको थियो । सामान्य रुपमा मलको रुपमा जनावरको गोबर वा फ्याक्ट्रीमा बनेको रासायनिक मलाको प्रयोग गरिन्छ ।
उक्त पिसाबलाई दुई वर्ष पहिले उत्तरी युरोपको सबैभन्दा ठूलो म्युजिक फेस्टिबल रोसकिलेमा संकलन गरिएको थियो ।
नोरेब्रोका सिइओ हेनरिक वांगले भने, ‘जब हामीले यस्तो प्रकारले बियर बनाउने जानकारी दियौं तब मानिसहरुले हामीले बियरमा सिधै पिसाब हाल्ने सोचेर मानिसहरु निकै हाँसे ।’
डेनमार्कका एग्रिकल्चर र फुड काउन्सिलका अनुसार मानवीय फोहोरलाई मलको रुपमा यति ठूलो मात्रामा प्रयोग गरिनु नौलो कुरा हो ।
यो आइडियालाई ‘बियरसाइक्लिङ’ भनिन्छ । ५० हजार लिटर पिसाबबाट जति जौ उत्पादन भयो त्यसबाट ६० हजार बोतल बियर बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण