पुस्तक नपाउँदा विद्यार्थी समस्यामा
उदयपुर, २४ वैशाख । नयाँ शैक्षिकसत्र सुरु भएको महिनौँ बित्न लाग्दा पनि उदयपुरका सरकारी विद्यालयका धेरै विद्यार्थीले अहिलेसम्म पनि पाठ्यपुस्तक प्राप्त गर्न नसक्दा उनीहरुको पठनपाठन प्रभावित भएको छ ।
जिल्लामा रहेका झन्डै ४५० सरकारी विद्यालयमध्ये निम्ममाध्यमिक तहका विद्यार्थीले एक दुई विषयबाहेक अन्य पुस्तक अहिले पनि प्राप्त गर्न नसकेको सम्बन्धित विद्यालयका विद्यार्थीहरु बताउँछन् ।
यस्तै माध्यमिक तहको समेत पूरक विषयको अहिलेसम्म प्राप्त गर्न नसकेको जनता मावि हँडियाका एक शिक्षक बाबुनारायण चौधरीले बताए ।
प्राथमिक तहमा समेत पुस्तक नपाउँदा विद्यार्थी विद्यालयमा गएर दैनिक कक्षामा बसेरमात्र फर्कनुपर्ने अवस्था रहेको सत्यवती प्रावि डहर खाँबुका शिक्षिका पार्वती राई बताउँछन् ।
पुस्तक मगाइए पनि समयमा आइनपुगेका कारण वितरणमा नै समस्या रहेको त्रियुगा उच्चमावि, गाईघाटका शिक्षक गोपाल श्रेष्ठले बताए ।
जिल्लाको पहाडी क्षेत्रका अधिकांश सरकारी विद्यालयमा अहिलेसम्म पनि २५ प्रतिशत पुस्तकसमेत विद्यार्थीले प्राप्त गर्न नसकेको रुपाटार माविका शिक्षक नरेन्द्रलाल कर्ण बताउँछन् ।
कर्ण भन्छन् – “विद्यालयमा विद्यार्थी आएर दैनिक पुस्तक माग्छन्, पुस्तक हात लाग्न सकेको छैन, अनि त्यत्तिकै विद्यार्थी निराश भएर फर्कने अवस्था रहँदै आएको छ ।” अझैसम्म पनि पुस्तक नपाउनुमा जनक शिक्षा सामग्री केन्द्रबाट नै पुस्तक छपाइमा ढिलाइ भएका कारणले हुन सक्ने सहायक जिल्ला शिक्षा अधिकारी भूपेन्द्र कोइरालाले बताए ।
पञ्चकन्या निमावि, जाँतेका प्रअ कृष्णदेव चौधरी भन्छन् – “जिल्लाका निजी विद्यालयमा पाठ्यपुस्तक प्राप्त भएर पनि पठनपाठन सुरु हुन थाल्यो, तर हाम्रो सरकारी स्कुलमा अहिलेसम्म पनि प्ुस्तक नपाउँदा पठनपाठन नै हुन सकेको छैन ।” समयमा सरकारी विद्यालयका विद्यार्थीको हातमा पुस्तक पर्न नसक्नुमा जिल्ला शिक्षा कार्यालय नै दोषी रहेको समेत केही विद्यालयका शिक्षक तथा प्राचार्यहरुको आरोप छ ।
विद्यालयको खातामा रकम जम्मा गरेको भने तापनि शिक्षा कार्यालयबाट कतिपय विद्यालयमा अहिलेसम्म पनि पुस्तकको रकम व्यवस्थापन नगरेको शिक्षकको आरोप छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण