शेरचनको शव काठमाडौँमा
सोलुखुम्बु, २४ वैशाख । सगरमाथा आधार शिविरमा निधन भएका ८६ वर्षीय मीनबहादुर शेरचनको शव आज काठमाडौँ लगिएको छ ।
शनिबार साँझ आधार शिविरमा निधन हुनुभएका शेरचनको शव परीक्षणका लागि आज बिहान १० बजे लुक्लाबाट काठमाडौँ लगिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
आधार शिविरबाट बिहान करिब ८ बजे तेन्जिङ हिलारी बिमानस्थल लुक्ला ल्याइएको शव फिस्टेल एयरको हेलिकम्पटरमार्फत काठमाडौँ लगिएको छ । त्रिवि, शिक्षण अस्पताल महाराजगन्जमा शव परीक्षणपछि बौद्ध परम्परानुसार अन्येष्टि गरिने बताइएको छ ।
विसं २०६५मा मा ७६ वर्षका उमेरमा तीन सय ४० दिन लगाएर सगरमाथा चढी कीर्तिमान राखेका शेरचनको कीर्तिमान २०७१मा ८१ वर्षीय जापानी युउचिरो मिउराले तोडेकाले शेरचन ८६ वर्षका उमेरमा सगरमाथा आरोहणको तयारीमा थिए ।
म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते सात सदस्यीय समूहसहित काठमाडौँबाट हिँडेका थिए ।
शेरचनको विसं २०७० र २०७२ मा सगरमाथा आरोहण योजना असफल भएको थियो । यस वर्ष भने अभियान सफल बनाउने बताउँदै उनी काठमाडौँबाट हेलिकप्टरमार्फत तेन्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै आधार शिविर पुगेका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिनेमा : राज्यले चिन्न नसकेको सफ्ट पावर
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण