काठमाडौँको सुरक्षा व्यवस्थामा कडाइ : चैत १५ गतेदेखि ६ हजारलाई नियन्त्रणमा लिई अनुसन्धान
आइतबार, २४ वैशाख २०७४, १२ : १४
काठमाडौँ, २४ वैशाख । महानगरीय प्रहरी परिसर काठमाडौँले यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।
परिसरका प्रवक्ता प्रद्युम्नकुमार कार्कीले स्थानीय तहको निर्वाचनका समयमा कुनै पनि दुर्घटना नहोस् भन्ने उद्देश्यले महाशाखाले सुरक्षा व्यवस्थामा कडाइ गरेको जानकारी दिए । उनले भने, “गत चैत १५ गतेदेखि हालसम्म पाँच हजार ६३३ व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरेर छाडेका छौँ ।”
निर्वाचनका समयमा अप्रिय घटना नहोस् भन्ने उद्देश्यका साथ गुन्डागर्दी गर्दै हिँडेका ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही पनि गरेको परिसरले जनाएको छ ।
यस्तै परिसरले भक्तपुर र ललितपुर परिसरसँग मिलेर अवैध हातहतियार, विस्फोटक पदार्थका कारोबार एवम् प्रयोगमा नियन्त्रण गर्न नाकामा २४ सै घन्टा ‘चेक प्वाइन्ट’ खडा गरी जाँच गर्ने व्यवस्था मिलाएको तथा लागुऔषध र अवैध सामान भित्रिनसक्ने कुरालाई ध्यानमा राखी नाकामा बसेर शङ्का लागेका व्यक्तिलाई जाँच गरिएको प्रवक्ता कार्कीले बताए ।
यसैगरी परिसरले लागुऔषध ओसारपसार, अपहरण, कर्तव्य ज्यान आदिमा फरार अभियुक्तलाई पक्राउ गरी थुनामा समेत पठाएको छ । वैशाख ३१ गते काठमाडौँ जिल्लाका एक महानगरपालिका र १० नगरपालिका गरी ११ स्थानीय तहको मतदान छ सय ८७ मतदान केन्द्रमा हुँदैछ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण