थानकोटमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
आइतबार, २४ वैशाख २०७४, १२ : २५
काठमाडौँ, वैशाख २४ – काठमाडौंको थानकोटमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
त्रिवेणी चोकस्थित सडकखण्डमा आज बिहान ०९ः१५ बजे बा ११ च ५९८९ नम्बरको पिकअप भ्यानले बा ७८ प ९५३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको निधन भएको हो ।
चालक धादिङ बस्ने १९ वर्षीय सन्दिप घलेको गम्भिर घाइते भई उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ भने पछाडी सवार सुन्धारा बस्ने १९ वर्षीय प्रभात वनजोर घाइते भएका छन् ।
घाइतेको सहिद मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटनामा संलग्न सवारी साधनलाई महानगरिय प्रहरी वृत थानकोटले नियन्त्रणमा लिएको छ भने भ्यान चालक फरार रहेकोले खोजी कार्य भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण