अनुपमा स्कुल प्रिन्सेस
काठमाडौं, वैशाख २४ – ‘स्कुल प्रिन्सेस नेपाल–२०१७’को ताज अनुपमा श्रेष्ठले चुमेकी छन् । ३५ स्पर्धीलाई पछि पार्दै अनुपमाले उपाधि पोल्टामा पारेकी हुन् । सिद्धार्थ बनस्थली स्कुलमा १० कक्षामा अध्ययनरत अनुपमाले उपाधिसँगै नगद २५ हजार र एक वर्षका लागि पूर्ण छात्राबृत्ति पनि पाएकी छन् । यसका आलाव अनुपमाले टर्कीमा हुन लागेको ‘ईन्टर नेसनल चाइल्ड आईकन’ मा सहभागी जनाउन पाउने भएकी छन् । आरके इन्टरटेनमेन्ट प्रालिद्वारा राजधानीमा आयोजित चौथो संस्करणको यस प्रतियोगितामा एलआरआई स्कुलमा अध्ययनरत गरिमा श्रेष्ठ स्कुल एम्बेस्डर र यूरिका स्कुलमा अध्ययनरत वर्षा बस्नेत ‘स्कुल आईकन’ भए । उनीहरुले क्रमशः १५ हजार र १० हजार रुपैयाँ पाए । विभिन्न सांस्कृतिक कार्यक्रमबीच आयोजित प्रतियोगितामा पब्लिक च्वाईजको टाइटल अवार्डसहित नगद ५ हजार भने रश्ना अधिकारीले पाइन् । भोटिङको आधारमा पब्लि च्वाइन अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष राम केसीले बताए । प्रतियोगिताको निर्णाणकमा कोरियोग्राफर मोडेल बिपना थापा, गायक तथा टिचर यम लामा, गीतकार तथा संचारकर्मी भारत बम्जन, हिमालयन कलेजका प्रिसिन्पल रामहरि सिलवाल रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण